सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेसी तोकिने
काठमाडौं । सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले संशोधित नियमावली यही मंसिर १५ गतेदेखि लागु गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीशको अधिकार कटौती गर्दै पेसी व्यवस्थापन निर्देशन समितिको व्यवस्था गरिएको संशोधित विधान मंसिर १५ देखि लागु हुनेछ । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले संशोधित विधान यही मंसिर १५ देखि लागु हुने निर्णय भएको जानकारी दिए ।
१५ गतेदेखि नै प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्थाको अन्त्य गर्दै गोलाप्रथा प्रणालीबाट पेसी तोकिने अभ्यास सुरु हुनेछ । त्यसरी तोकिने गोलाप्रथा प्रणालीमा पनि प्रधानन्यायाधीशले भाग लिन नपाउने अडान न्यायाधीशहरूले राख्दै आएका छन् । तर, प्रधानन्यायाधीशले नै पेसी व्यवस्थापन निर्देशन समितिको अध्यक्षता गर्ने हुँदा उनीहरूको अडान भने प्रधानन्यायाधीश तयार भए मात्र लागु हुनेछ ।
न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग इजलासमा नबस्ने र प्रधानन्यायाधीशले तोकेको इजलासमा नजाने अडान राखेपछि प्रधानन्यायाधीशबाहेकको बैठकले सर्वोच्च अदालत दोस्रो संशोधन नियमावलीको मस्यौदा तयार पारेको थियो । त्यसलाई कानुन मन्त्रालयले स्वीकृत गरेर राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनको मिति सर्वोच्चको पूर्ण बैठकबाट नतोक्दा लागु हुन सकेका थिएन ।
आजको फुल कोर्ट बैठकको निर्णयसँगै यही मंसिर १५ गतेदेखि नयाँ नियमावली कार्यान्वयनमा आउने भएको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












