एमाले महाधिवेशन उद्घाटनसत्र ४ घण्टा चल्ने, यी स्थानबाट निस्कनेछन् जुलुस
चितवन । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र ४ घण्टामै सक्ने गरी कार्यक्रम तालिका बनाइएको छ ।
दिउँसो साढे १२ बजे सुरु गरेर साढे ४ मै सक्ने योजना बनाइएको छ । एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार कार्यक्रममा धेरै वक्ता नहुने तर शीर्ष नेतृत्वले सम्बोधन गर्ने बताइन् ।
महाधिवेशनको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । उद्घाटनसत्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नेछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरिएपनि उहाँनै आउने वा अन्य नेता आउने एकिन भइसकेको छैन ।
‘उद्घाटनसत्र छोटो–मिठो बनाउने योजना बनेको छ । बाहिरी जिल्लाबाट आएकाहरुसहितको मुल जुलस विहान ११ बजेदेखि निस्कने छ,’ नेता रावलले भनिन, ‘जनजातिहरुको झाँकी, बाजा सहितको ¥याली पनि निस्कने छ ।’
जातीय संगठनहरुले टोल टोलबाट समन्वय गरी विभिन्न जनजातीको भेषभुषा सहितको ¥याली सहभागी हुने बताइन् । चेपाङ, थारु, गुरुङ, तामाङ, मगर लगायतका जनजातिको झाँकीहरु आउनेछन् ।
पोखरा, काठमाडौंबाट आएका कार्यकर्ता सहभागी भएको जुलुस आँपटारीबाट निस्कने छ । यसको नेतृत्व रावल आफैं तथा कृष्णभक्त पोखरेल लगायतले गर्नेछन् । पूर्वीनेपालबाट आउनेहरुको केन्द्रीय बस ट्रमिनलबाट जुलुस निस्कने छ । नेता काशिनाथ अधिकारी, विजय सुवेदी, जगन्नाथ थपलिया लगायतले त्यसको नेतृत्व गर्नेछन् ।
मुल जुलसहरुमा केन्द्रीय शीर्षनेताहरुको पनि सहभागिता हुनेछ । उद्घाटनस्थल नारायणी नदी किनारमा विहानैदेखि सर्वसाधरण, नेता, कार्यकर्ताहरुको चहलपहल बढेको छ । बन्दसत्र सौराहामा भोलि विहान साढे ८ बजेदेखि सुरु हुनेछ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












