बन्दसत्र स्थलमा पुगेका ओली, बैठक रोकेर आकांक्षी नेताहरु आन्तरिक छलफलमा
चितवन । नेकपा एमालेको महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु हनु सकेको छैन।
पदाधिकारीमा धेरै आकांक्षी भएपछि नेता व्यवस्थापनमा सहमति नहुँदा बन्दसत्र सुरु हुन नसकेको हो।
यसबिच बन्दसत्र भइरहेको सेभेनस्टार होटलमा नेताहरु छलफलमा जुटेका छन्। पदाधिकारीका लागि आकांक्षीहरु विष्णु पौडेल, सुवास नेम्वाङ, इश्वर पोखरेल, विष्णु रिमाल र शेरबहादुर तामाङ छलफलमा जुटेका हुन्। ओलीले सहमति गराउने प्रयास गरेपनि नेताहरु पछि नहट्ने बताइरहेका छन्। अन्य आकांक्षीहरुबिच पनि हाल बन्दसत्र क्षेत्रमा छलफल भइरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र क्षेत्र पुगिसकेका छन्। बन्दसत्र हुने स्थानमा पुग्नु अघि ओली र आकांक्षी नेताहरुबिच छलफल भएको थियो। तर उक्त बैठकले कुनै निश्क्ष निकाल्न सकेन।
बन्दसत्र सुरु हुन ढिलाइ हुँदा प्रतिनिधि भने फुर्सदिला बनेका छन्।
ओलीको निकट रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, वर्तमान महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल तथा नेताहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ लगायतबीचमै पदका लागि रस्साकस्सी छ।
साथै, माधव नेपालसँगबाट एमालेमै रोकिएको समूहबाट भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, युवराज ज्ञवाली लगायतको व्यवस्थापन पनि ओलीलाई सकस देखिएको छ। माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेता व्यवस्थापनको चुनौती पनि ओलीमा छ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












