समाजसेवी खड्काद्वयको पहलमा विपन्नपरिवारका लागी जग्गा हस्तान्तरण
दाङ । विपन्न परिवारका लागी स्थानिय समाजसेवीको पहल कदमीमा साढे तिनसय बर्ग मिटरको जग्गा हस्तान्तरण गरिएको छ ।
बैदेशिक रोजगारीको शिलसिलामा भारतको केरालामा रुखबाट लडेर ज्यान गुमाएका दिपक खड्काको श्रीमती र अपाङ्ग छोरालागी समाजसेवी तुलराम खड्का र नेकपा माओवादी केन्द्रका नेता हेराम खड्काको पहलकदमीमा विपन्न परिवारका लागी आवास निर्माणका तिन लाख आठ हजार मुल्यको साढे तिन सय बर्ग मिटर जग्गा( घडेरी) हस्तान्तरण गरेका हुन ।
रुकुम पुर्व सिस्ने गाँउपालिका वडा नं ३ स्थायी घर भई बैदेशिक रोजगारीको सिलसिलामा भारतको केरालामा काम गर्ने क्रममा रुखबाट लडेर ज्यान गुमाएका खड्काको श्रीमती र अपाङ्ग छोराको लागी आवास निर्मानका लागी तुलसिपुर उपमहानगरपालिका वडा नं १३ फुलबारीमा जग्गा( घडेरी) जग्गा खरिद गरी हस्तान्तरण गरिएको हो ।
समाजसेवी तुलराम खड्का र हेराम खड्काको पहलकदमीमा बैदेशिक रोजगारीमा भारत रहेका स्थानिय युवा बल बहादुर खत्री,हस्तबहादुर खड्का र दिलबाहदुर खड्काको पहलकदमीमा १ लाख ५९ हजार र नेपालमा १ लाख ४८ हजार गरी जम्मा तिन लाख आठ हजार जम्मा भएको पैसाबाट जग्गा खरिद गरीएको हो ।
जग्गाको पुर्जा हस्तान्तरण गर्दा स्थानिय जन प्रतिनिधी समाजसेवी द्वय खड्काको उपस्थितीमा गरिएको सञ्चारकर्मी जनक खड्काले जानकारी दिए ।
स्थानिय जनप्रतिनिधि,समुदायी वनका अध्यक्षले घर निर्माण गर्दा वडा सरकारको तर्फबाट छानोको लागी टिन र वनको तर्फबाट काठ उपलव्ध गराउने प्रतिवद्दता व्यक्त गरेका छन ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












