एमालेको कतै पनि चुनाव लड्ने ठाउँ छैन : चौधरी
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश पार्टी अध्यक्ष मेटमणि चौधरीले नेकपा एमालेको अब कतै पनि चुनाव लड्ने ठाउँ नरहेको बताएका छन् ।
आज रूकुमकोटमा नेकपा (एकीकृत समाजवादी) को जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने, “चुनाव लड्नका लागि पार्टीको एजेण्डा, विचार जीवित हुनुपर्छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यात्रा भनेको पार्टी नीति, सिद्धान्त र एजेण्डा विहीन अवैधानिक हो ।”
ओली प्रधानमन्त्री हुँदा पनि पटक–पटक असंवैधानिक कदम चालेकाले अब एमालेको कतै पनि चुनाव लड्ने ठाउँ नरहेको उनको भनाइ थियो । ओलीले असंवैधानिक कदम चाल्नुका साथसाथै आसेपासेको पालनपोषणमा मात्र लागि परेकाले आफूहरु एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन बाध्य भएको चौधरीले बताए ।
उनले भने, “पार्टीमा रहेर ओलीलाई सुध्रिन पटकपटक सल्लाह, सुझाव र अवसर पनि दियौँ, पार्टीभित्रको विद्रोहले ओली परिवर्तन नभएपछि बाध्य भएर हामी विद्रोहबाट नयाँ पार्टी निर्माण गरी राष्ट्रलाई सही दिशामा हिँडाउन अगाडि बढ्यौँ, अहिले हामी त्यो यात्रामा छौँ ।” अब एमाले चुनावका लागि जनताको माझमा जाने वातावरण नभएको भन्दै उनले केपी ओलीले देखाएको व्यवहार जनताले छर्लङ्गै बुझिसकेको बताए ।
अब सबै कम्युनिष्ट पार्टी एकताबद्ध भएर जान लागेको पनि उनको भनाइ थियो । एमाले पार्टी सुक्दै जाने र अन्य कम्युनिष्ट पार्टीसँग एकता गरेर देशमा सबैभन्दा ठूलो पार्टी निर्माण गर्ने सङ्कल्पका साथ एकीकृत समाजवादी अगाडि बढिसकेको उनले बताएका छन् ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह स्वदेश फिर्ता, जलवायु संकटदेखि विश्व शान्तिसम्म कस्तो छ कूटनीतिक सन्देश ?
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको सहभागिताले नेपालको अन्तरराष्ट्रिय प्राथमिकता र कूटनीतिक चासो अभिव्यक्त गर्ने अवसर दिएको...
-
जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमतिबारे प्रश्न
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएका व्यक्ति रहेको तथ्य सार्वजनिक...
-
सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन
भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले...
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...












