शाक्य र उप्रेतीलाई बस्नेतको प्रश्नः-“बरिष्ठ अधिबक्ता ज्यु ,प्रधान न्यायधिश बनाईदिन्छु भनेर कति कराेड खानु भयाे ?”
काठमाडौं । बारको आन्दोलनलाई अधिवक्ता बसन्त बस्नेतले दलालको पृष्ठपोषकको संज्ञा दिएका छ ।
अधिवक्ता बस्नेतले सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र मीरा खड्कालाई प्रधानन्यायाधीश बनाउनको लागि अहिले बारले आन्दोलन गरेको आरोप लगाएका हुन ।
उनले कार्की र खड्कालाई प्रधानन्यायाधीश बनाउन लागिपर्नेहरुलाई दलालका पृष्ठपोषकको संज्ञासमेत दिदै सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्–‘दिपक र मिरालाई प्रधान न्यायधिस बनाउन लागि पर्ने तिनका दलाल पृष्ठपोषकहरू, तिमिहरूले वकिलहरूलाई मुख छाड्न बन्द नगरे गंभिर परिणाम भोग्नु पर्नेछ ।’
उनले सर्वोच्च बारका अध्यक्ष तथा बरिष्ठ अधिबक्ता पुर्णमान शाक्य र हरि उप्रेतीको नाम नै लिएर कार्की र खड्कालाई प्रधानन्यायाधीश बनाईदिन्छु भनेर कति करोड खानुभयो ? भनेर प्रश्नसमेत गरेका छन् ।
उनले लेखेका छन्-“बरिष्ठ अधिबक्ता पुर्णमान शाक्य र हरि उप्रेतिज्यु, कृपया बताई दिनुहाेस् त दिपक कार्कि र मिरा खड्कालाई प्रधान न्यायधिश बनाईदिन्छु भनेर कति कराेड खानु भयाे ??”
यसअघि उनले लेखेका छन्–‘पदमा बहाल रहेका पद खाईसकेर निबृत भएका र पद पाउने आसमा रहेकाहरू सिसाको घरमा बसे सरह हुन् । सडकमा हिड्नेलाई नजिस्काउंदा हुन्छ । सहिष्णुताको ख्याल यिनले गरून् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












