उत्तर कोरियामा ११ दिनसम्म हाँस्न र किनमेल गर्न रोक !
एजेन्सि । उत्तर कोरियाका पूर्वनेता तथा किम जोङ उनका पिता किम जोङ इलको १०औं पुण्यतिथिमा ११ दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ ।
शुक्रबार उत्तर कोरियाले शोक मनाउने घोषणा गर्दै आफ्ना नागरिकलाई ११ दिन हाँस्न, मदिरा सेवन गर्न र किनमेल गर्न प्रतिबन्ध लगाएको हो । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएका अनुसार किम जोङ इलको सम्मानमा पूरा देश उनलाई शान्त श्रद्धाञ्जली दिनेछ । यस अवधिमा गाडी र रेललाई हर्न बजाउन पनि प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै यो ११ दिनको बीचमा कुनै पनि घरमा कसैको मृत्यु भएमा रुन पनि अनुमति छैन । त्यस्तै शोक अवधि सकिएपछि अर्थात ११ दिनपछि मात्र घरबाट शव निकाल्न निर्देशन दिइएको पनि बताइएको छ । त्यस्तै यही अवधिमा कसैको जन्मदिन परेमा पनि मनाउन पाइने छैन ।
डिसेम्बर १७ तारिख दिउँसो पूरै देशमा एकसाथ साइरन बजाइनेछ र सम्पूर्ण नागरिक कुमसुसान प्यालेसतर्फ फर्किएर तीन मिनेट नेता किमलाई श्रद्धाञ्जली दिनेछन् ।
किम जोङ इलको मृत्यु सन् २०११ डिसेम्बर १७ मा भएको थियो । दुई दिनसम्म उनको मृत्युका बारेमा कुनै जानकारी सार्वजनिक गरिएको थिएन । दुई दिनपछि सरकारी सञ्चारमाध्यममार्फत उनको मृत्यु भएको घोषणा गरिएको थियो । किम जोङ इल उत्तर कोरियामा शासन गर्ने किम वंशका दोस्रो व्यक्ति हुन् । उनले उत्तर कोरियामा १७ वर्ष शासन गरेका थिए ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











