हड्ताली श्रीमानको नागरिकतामै किर्ते, गोपाल पराजुलीको नजिर मीरामैयामा लागू होला कि नहोला ?
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश हटाउने ‘नेता न्यायाधीश’ समूहको नेतृत्वमा रहेकी न्यायाधीश मीरा मैया श्रेष्ठ (खड्का) ले अवकाशको अवधि लम्ब्याउन तीनवटा फरक मिति राखेर नागरिकता बनाएको भेटिएको छ ।
जागिर प्रवेश गर्दा भरेको सिटरोलदेखि पुनरावेदन अदालतको न्यायाधीश हुँदासम्म कायम रहेको उमेरलाई मुख्य न्यायाधीश हुने बेला एक वर्ष घटाएर अवकाशको बढाउन खोजेको पाइएको हो । न्यायाधीश खड्काले कायम गरेको पछिल्लो नागरिकताको जन्म मिति अनुसार उनी २०७९ जेठ २ गते अवकाश हुनेछिन् ।
तर त्यसअघि न्यायपरिषदको बुलेटिन र सिटरोलमा रहेको जन्म मिति र पहिलोपटक बनाएको नागरिकता अनुसार भने उनी यहि माघ २८ गते अवकाश हुनुपर्नेछ । यसअघि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई यस्तै दुईथरी नागरिकता र उमेर विवादमा न्यापरिषद सचिवले पत्र लेखेर अवकाश दिएको नजिर समाउने हो भने खड्का पनि किर्ते प्रकरणमा कारवाहीसहित अवकाश हुनेछिन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरुको जन्म मितिसम्बन्धी विवरणमा मीरा खड्काको जन्म २०१४ साल जेठ २ गते कायम छ । तर उनी पुनरावेदन अदालतको न्यायाधीश हुँदाको विवरणमा जन्म मिति २०१३ माघ २८ देखिन्छ । मुख्य न्यायाधीश हुने बेला उनले अर्को जन्म मिति कायम गरेको न्यायपरिषद स्रोतले जनाएको छ ।
खड्काले पहिलोपटक २०३२ साल माघ २८ गते नागरिकता प्रमाणपत्र लिएको अभिलेख भेटिएको छ । त्यसबेला जन्म मितिको साटो नागरिकता लिएको बेलाको उमेर लेख्ने प्रचलन थियो ।

पहिलोपटक नागरिकता लिँदा उनको उमेर १९ वर्ष देखिन्छ । सोही अनुसार उनको जन्म मिति २०१३ माघ २८ कायम भएको हो । सोही नागरिकता अनुसार २०३८ सालमा मीरा न्याय सेवामा प्रवेश गरेकी थिइन् ।
ललितपुर नगरपालिका तत्कालीन १६ नम्बर वडाकी बासिन्दा मीरा मैया श्रेष्ठ पूर्वन्यायाधीश शम्भुवहादुर खड्काको दोस्री श्रीमती भएपछि उनको थर खड्का कायम भएको थियो ।
न्यायाधीश खड्काले २०४४ सालमा दोस्रो पटक नागरिकता लिएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय ललितपुरको ढड्डामा भेटिएको अभिलेख अनुसार उनले नागरिक लिएको मिति २०३३ र उमेर १९ वर्ष नै कायम छ ।
यदि दोस्रो नागरिकतालाई आधार मान्ने हो भने उनको जन्म मिति २०१४ माघ २८ गते मान्नु पर्ने हुन्छ । दोस्रोपटक लिएको नागरिकतामा प्रमाणित गर्ने अधिकारी र जारी भएको महिना र गते माघ २८ नै छ । तर नागरिकता प्रमाणपत्र नम्बरको पछाडि ३३/३४ उल्लेख भएकाले दोस्रो नागरिकता २०३३ सालमा लिएको मान्नुपर्छ ।
तेस्रो नागरिकता अनुसार उनको उमेर २०१४ जेठ २ कायम भएको र सोही विवरण हाल न्यायपरिषदमा रहेको छ । त्यसलाई नै आधार बनाएर आगामी जेठ २ मा अवकाश पाउने भनिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशको अवकाश हुने उमेर ६५ वर्ष कायम छ । अहिले न्यायपरिषद बुलेटिनमा कायम भएको खड्काको उमेर अनुसार उनी आगामी जेठ २ गते अवकाश हुनेछिन् । तर न्यायाधीश खड्काले मिति सच्याएर तीनवटा नागरिकता लिएको विषय भने नागरिकता ऐन अनुसार दण्डनीय कसूर हो ।
सर्वोच्च अदालतमा रहेको जन्म मिति विवरणमा मीरामैयाका मार्कसिट र सिटरोलमा २०१४ जेठ २ कायम गरिएको छ । नागरिकतामा भने २०३३ माघ २८ गते १९ वर्ष उमेर रहेको भनिएको छ ।
उनले पहिलो नागरिकता भने २०३२ साल माघ २८ गते लिएको अभिलेख छ । यसबाट पनि नागरिकता र जन्म मिति आफू अनुकुल सच्याइएको बुझ्न पर्याप्त आधार छन् ।
अहिले न्याय प्रशासन ऐन २०७३ को सहारा लिन खोजिए पनि उनको दुईथरी नागरिकता र दुईथरी उमेरको विवाद भने नागरिकता ऐन बमोजिम समाधान हुनुपर्ने सर्वोच्च स्रोतले जनाएको छ ।
नागरिकता र जन्म मितिका फरक फरक विवरणबारे प्रतिक्रिया लिन पटकपटक फोन गर्दा न्यायाधीश खड्का सम्पर्कमा आउन चाहिनन् । न्यायपरिषद सचिवालयले भने न्यायपरिषद ऐन २०७३ अनुसार न्यायाधीशहरुको पछिल्लो उमेर कायम भएको जनाएको छ ।
न्यायपरिषदका प्रवक्ता मानवहादुर कार्कीले नेपाल प्रेससँग भने, ‘त्यसबेला उहाँहरुको जन्म मिति नागरिकतामा एउटा, शैक्षिक प्रमाणपत्रमा एउटा र सिटरोलमा एउटा हुने समस्या थियो । न्यायपरिषद ऐन २०७३ अनुसार नागरिकता र प्रमाणपत्रमा एक वर्षको फरक फरेको भने जुन पछिल्लो हुन्छ त्यहि कायम हुने भन्ने आयो उहाँहरुले त्यहि सुबिधा प्रयोग गर्नुभएको होला ।’
तर मीरा खड्काले आफ्नो जन्म मिति भने न्यायपरिषद ऐन आउनुअघिनै अर्थात मुख्य न्यायाधीश भएकै बेला २०१३ माघ २८ सच्याएर २०१४ जेठ २ कायम गरेको पाइएको छ । सोही अनुसार न्यायपरिषद बुलेटिनमा पनि उनले सच्याउन लगाएको बुझिएको छ ।
खड्काले जागिर खाने बेला भरेको सिटरोलमा जन्म मिति २०१३ माघ २८ नै रहे पनि पछि त्यसलाई सच्याइएको प्रष्ट छ ।
पुस २७ देखि मीरा इजलासमा बस्न मिल्छ ?
मीरा खड्काको हकमा तीनवटा जन्म मिति र एक वर्षभन्दा बढीको फरक देखिएकाले गोपाल पराजुलीको जस्तै पहिलो नागरिकताको जन्म मिति जुन हो सोही अनुसार अवकाश हुनुपर्ने सर्वोच्च प्रशासनका एक अधिकारीले बताए ।
उनले भने, ‘न्याय प्रशासन ऐन २०७३ बमोजिम न्यायाधीशज्यूहरुको १ वर्षभित्रको उमेर नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक हुँदा वा सिटरोलमा फरक हुँदा पछिल्लो कायम हुने भनिएको हो । तर मीरा श्रीमानको एक वर्षभन्दा बढी देखिन्छ । त्यसैले उहाँ यहि माघ २८ गते अवकाश हुनुपर्छ । नत्र पराजुलीलाई जस्तै न्यायपरिषद सचिवले अवकाशपत्र थमाउनुपर्छ ।’
यो विषय विवादमा आइसकेपछि न्यायपरिषदले कुन कदम चाल्छ भन्ने प्रतीक्षाको विषय बनेको छ । तर प्रधानन्यायाधीश राणा आइसकेपछि कुनै पनि न्यायाधीशले अवकाश भन्दा एक महिनाअघिबाट इजलासमा नबस्ने प्रचलन बसाएका कारण मीराले यहि पुस २७ देखि विदामा बस्नुपर्ने हुन्छ ।
पछिल्लो पटक प्रधानन्यायाधीश हटाउने अभियानमा दीपक कार्की र खड्काबीच दुवै प्रधानन्यायाधीश बन्नेगरी चाँजोपाँजो मिलाउने भद्र सहमति भएको चर्चा समेत अदालतमा चलेको थियो ।
चोलेन्द्र शमसेर राणाको बहिर्गमनपछि सर्वोच्चका न्यायाधीशको अवकाश उमेर सम्बन्धी रिट दर्ता गराएर यसअघि संवैधानिक इजलासले संविधान नै संशोधन गरेकै नजिर टेकेर अवकाश उमेर बढाउने र कार्कीपछि मीरा पनि प्रधानन्यायाधीश हुनेसम्मको सहमति भएको चर्चा थियो ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












