हड्ताली न्यायाधीशको किर्ते प्रकरण- न्याय परिषदलाई दोष दिएर उम्किने प्रयास
काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो नागरिकता तथा उमेरसम्बन्धी विवादमा न्याय परिषदलाई दोष दिएर उम्किन खोजेकी छन् ।
न्यायाधीश खड्काको दुईवटा नागरिकता र तीनथरी उमेरको प्रमाणसहित समाचार प्रकाशन भएपछी शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले जागिर प्रवेश गरेदेखिनै जन्म मिति २०१४ जेठ २ गते कायम गरेको तर न्याय परिषदको बुलेटिनमा त्रुटिवश आफ्नो जन्म मिति २१३ माघ २८ उल्लेख भएको दावी गरेकी छन् ।
खड्काको विज्ञप्तिमा भनिएको छ- ‘न्याय परिषदले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायधाीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएका कुरालाई लिएर न्यायाधीशको चरित्रमा प्रश्न उठाइनु उचित होइन ।’
खड्काले न्यायपरिषदको बुलेटिनलाई दोष दिएर उम्किन खोजे पनि उनको २०३२ माघ २८ मा लिएको पहिलो नागरिकतामा १९ वर्ष उमेर लेखिएको छ ।
दोस्रोपटक २०३३ माघ २८ मा उनले १९ वर्ष नै कायम गरेर दोस्रो नागरिकता लिएको अभिलेख ललितपुर जिल्ला अदालतमा छ । जुन अभिलेख नेपाल प्रेसले बाहिर ल्याइसकेको छ ।
खड्काले २०३८ मा सेवा प्रवेश गरेदेखि पुनरावेदन अदालतको न्यायाधीश हुने बेलासम्म जन्म मिति २०१३ माघ २८ राखेकी छन् । तर, मुख्य न्यायाधीश भएपछि भने २०१४ जेठ २ कायम गरिएको छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...
-
पश्चिमी प्रभावले देशका विभिन्न भागमा वर्षा हुने
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा...












