जनगणना २०७८ : यस्तो छ नेपालको कुल जनसङ्ख्याको चित्र
काठमाडाैँ । तथ्याङ्क विभागले आज १२औँ जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ ।
वि.सं. २०७८ सालमा सम्पन्न गणनाको प्रारम्भिक तथ्याङ्क आज सार्वजनिक गरेको हो । सार्वजनिक भएको प्रारम्भिक तथ्यांकअनुसार हालको नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
भदौ ३० देखि असोज १८ र कात्तिक २५ देखि मङ्सिर ९ सम्म गरेर दुई चरणमा सम्पन्न भएको जनगणनाले अघिल्लो जनगणना २०६८ को तुलनामा २७ लाखले बढी हो । यस्तै, यो जनगणनाबाट नेपालको जनसङ्ख्या वृद्धिदरमा समेत गिरावट आएको पाइएको छ । पछिल्लो १० वर्षमा नेपालकोे सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको देखिन्छ । वि.सं. १९८८ को जनगणना यता पहिलोपटक एक प्रतिशतभन्दा कम कायम भएको पाइएको विभागले जनाएको छ । अघिल्लो जनगणनामा यो १.३५ प्रतिशत रहेको थियो ।
पुरुषभन्दा महिला बढी
राष्ट्रिय जनगणना २०७८ ले नेपालमा पुरुषकोभन्दा महिलाको सङ्ख्या बढिरहेको देखाएको छ । नेपालको हालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये महिलाको सङ्ख्या ५१ प्रतिशत छ ।
यो भनेको महिलाको कुल जनसङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ छ । यस्तै, कुल जनसङ्ख्याको ४८.९६ प्रतिशत हिस्सा ओगटेका पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।
१० वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसङ्ख्यामा महिलाको सङ्ख्या ५१.५ र पुरुषको सङ्ख्या ४८.५ प्रतिशत नै थियो । यस हिसाबले यो १० वर्षमा महिलाको सङ्ख्या कुल जनसङ्ख्याको ५१ प्रतिशतभन्दा बढी रहेको छ ।
कति छ घर परिवार?
यो जनगणनाले नेपालमा कुल ६७ लाख ६१ हजार ०५९ वटा परिवार रहेको देखाएको छ । र यो परिवार ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेको देखिएको छ । जनगणनाबाट औसत १० वटा घरमा १२ वटा परिवार बसिरहेको पाइएको विभागले जानकारी दिएको छ ।
१० वर्ष अघि २०६८ सालको तुलनामा अहिले परिवारको सङ्ख्या २४.५७ प्रतिशतले बढेर १३ लाख ३३ हजार ७५७ वटा नयाँ परिवार थपिएको छ । यस्तै, अहिले नेपालको सहरी क्षेत्रको एउटा परिवारमा ४.३२ जना सदस्य र ग्रामीण क्षेत्रको परिवारमा ४.५५ जना सदस्य बसोबास गर्न थालेका छन् । १० वर्ष अघिसम्म सहरी क्षेत्रमा एउटै परिवारमा ४.८८ जना र ग्रामीण क्षेत्रमा ५.०२ थियो ।
प्रदेशगत आधारमा परिवारमा औसत सदस्य गण्डकीमा सबैभन्दा कम र मधेसमा सबैभन्दा बढी ५.६६ जना छन् । यस्तै, जिल्लागत आधारमा हेर्दा दोलखामा सबैभन्दा कम ३.५१ जना र सबैभन्दा ठूलो रौतहटमा ५.९२ जना बसोबास गर्ने गरेका छन् ।
कुन प्रदेशमा कति जनसङ्ख्या ?
नेपालका सात वटा प्रदेशमध्ये मधेसमा सबैभन्दा बढी जनसङ्ख्या छन् । मधेसमा कुल जनसङ्ख्या मध्येको ६१ लाख २६ हजार २८८ जना मासिन बसोबास गर्ने गरेका छन् । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशको जनसङ्ख्या जम्मा १६ लाख ९४ हजार ८८९ जना रहेको पाइएको छ ।
यस्तै, यस अवधिमा वार्षिक जनसङ्ख्या वृद्धिदर लुम्बिनीमा सबैभन्दा बढी १.२५ प्रतिशत प्रतिवर्ष र गण्डकीमा सबैभन्दा कम ०.३० प्रतिशत प्रतिवर्ष छ । दोस्रो धेरै वार्षिक जनसङ्ख्या वृद्धिदर मधेसमा १.२० प्रतिशत प्रतिवर्ष रहेको पाइएको छ । यीबाहेक अन्य प्रदेशको जनसङ्ख्या वृद्धिदर प्रतिवर्ष १ प्रतिशतभन्दा कम छ ।
काठमाडौँको जनसङ्ख्या कति ?
२०७८ सालको जनगणना संघीय राजधानी काठमाडौँ जिल्लामा सबैभन्दा बढी मानिस बसोबास गर्ने गरेका छन् । यो जिल्लामा मात्रै २० लाख १७ हजार ५३२ जना मासिन बस्ने गरेका छन् । र, सबैभन्दा कम मनाङ जिल्लामा जम्मा ५ हजार ६४५ जना मानिस बसोबास गर्छन् ।
काठमाडौँपछि सबैभन्दा धेरै जनसङ्ख्या हुने जिल्लामा मोरङ, रुपन्देही, झापा र सुनसरी क्रमशः छन् । यस्तै, कम जनसङ्ख्या हुन जिल्लामा मनाङपछि मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः छन् । जिल्लागत वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको छ । १० वर्षअघि २७ वटा जिल्लामा मात्रै जनसङ्ख्या वृद्धिदर ऋणात्मक थियो ।
यसैगरी, सबैभन्दा धेरै जनसङ्ख्या वृद्धि हुने जिल्लामा भक्तपुर ३.३२ प्रतिशत र सबैभन्दा कम रामेछापमा १.६५ प्रतिशत छ । हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी १.८० प्रतिशतले वृद्धि देखिएको छ ।
ह्वात्तै बढ्यो सहरी जनसङ्ख्या
२०७८ सालको जनगणनाले सहरी क्षेत्रमा बसोबास गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो जनगणनामा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या जम्मा १७ प्रतिशत र ग्रामीण भेगमा ८२ प्रतिशत मानिस बसोबास गर्थे । यो जनगणनाले सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ६३ प्रतिशत र ग्रामीण क्षेत्रमा ३६ प्रतिशत जनसङ्ख्या मात्रै बसोबास गर्ने गरेका छ ।
२१ लाख नेपाली विदेशमा
यो जनगणनाबाट कुल २१ लाख ६९ हजार ४७८ जना नेपाली विदेशमा रहेको पाइएको छ । योमध्ये १७ लाख ६३ हजार ३१५ पुरुष र ४ लाख ६ हजार १०३ जना महिला विदेशमा छन् । यसले विदेशमा रहने पुरुषको हिस्सा ८१ प्रतिशतभन्दा बढी र महिलाको हिस्सा १८ प्रतिशत हाराहारी रहेको देखिएको छ ।
१० वर्ष अघि २०६८ सालमा विदेशमा बसोबास गर्ने नेपालीको सङ्ख्या १९ लाख २१ हजार ४९४ देखाएको थियो । नेपालका ७७ वटै जिल्लाबाट नेपालीहरू विदेसिएको पाइएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौँ, कैलाली, झापा, रुपन्देही र मोरङ छन् भने सबैभन्दा कम विदेसिनेमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङवासी रहेका छन् ।
बढ्यो प्रतिवर्ग जनघनत्व
१० वर्षको अवधिमा नेपालको प्रतिवर्ग जनघनत्व १८ जना बढेको छ । यो वर्षको जनगणना अनुसार नेपालमा प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १९८ जना बसोबास गर्छन् । यो १० वर्ष अघि जम्मा १८० प्रतिवर्ग किलोमिटर रहेको थियो । सबैभन्दा बढी जनघनत्व तराइमा प्रतिवर्ग किलोमिटर ४६१ र सबैभन्दा कम हिमाली जिल्लामा प्रतिवर्ग किलोमिटर ३४ जना छन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












