आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन
काठमाडाैँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आइतबार साँझ ५ बजेसम्म १७ जनाले आवेदन दिएका हुन्।
मन्त्रालयका अनुसार जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल र चित्तरञ्जन दासले कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन्। त्यस्तै, रामदेव यादव, चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भूपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारले पनि आवेदन दिएका छन्।
आवेदन दिएकामध्ये चित्तरञ्जन दास निगममै कार्यरत उपनिर्देशक हुन्। उनको कार्यकारी निर्देशक पदमा सम्भावना कमजोर छ। त्यस्तै, चण्डिकाप्रसाद भट्ट हाल विशेष आर्थिक क्षेत्र (सेज)को कार्यकारी निर्देशक हुन्। उनले ०७० मा एक कार्यकाल निगमको कार्यकारी निर्देशक भएर बिताइसकेका छन्। जानकार स्रोतका अनुसार यसपटक पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापक डाक्टर लक्ष्मण पौडेल, कांग्रेस नेता उमेशप्रसाद थानी, शिक्षा क्षेत्रका उद्यमी आनन्दप्रसाद चन्दलगायतको बलियो दाबेदारी छ।
तीन वर्षअघि विज्ञापन हुँदा १८ जनाले आवेदन दिएका थिए। यसपटक भने १७ जनाको आवेदन परेको हो। निगमको निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले आवेदन दिने चर्चा भए पनि अन्तिम समयमा उनी पछाडि हटेका छन्।
उद्योग मन्त्रालयले २५ पुसमा कार्यकारी निर्देशकका लागि विज्ञापन गरेको थियो। मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, ०७८ अनुसार विज्ञापन गरेको थियो। विज्ञापनमा निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्यानुभव भएको हुनुपर्ने सर्त राखिएको थियो।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...












