एमसीसीबारे व्याख्यात्मक टिप्पणीमा अमेरिका पनि सकारात्मक
काठमाडाैँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौतामा नेपालका सत्तारुढ दलको व्याख्यात्मक टिप्पणीप्रति अमेरिकाले सकारात्मक प्रतिक्रिया दिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक कांग्रेस नेताका अनुसार अमेरिकाले व्याख्यात्मक टिप्पणीबारे सकारात्मक जवाफ दिएको छ।
‘व्याख्यात्मक टिप्पणीको मस्यौदा अमेरिकालाई पनि पठाएका थियौँ। त्यसपछि पटक—पटक उनीहरुसँग कुराकानी पनि भयो’, उनले भने, ‘उनीहरुको तर्फबाट व्याख्यात्मक टिप्पणीप्रति सकारात्मक जवाफ आइसकेको छ।’
संसदबाट व्याख्यात्मक टिप्पणी पारित भएपछि त्यसबारे अमेरिकालाई जानकारी पठाइने उनले बताएका छन्।
आइतवार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसीसँगको सम्झौता संसदबाट पारित गर्ने निर्णय गरिसकेको छ।
एमसीसी सम्झौता संशोधनबिना पास गर्न नहुने अडानमा रहेका सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी पनि व्याख्यात्मक टिप्पणी गरेर एमसीसी सम्झौता अनुमोदन गर्न राजी भएका हुन्।
व्याख्यात्मक टिप्पणीमा एमसीसी सम्झौता अमेरिकाले अघि सारेको हिन्द प्रशान्त सैन्य रणनीतिको अंग नभएको, एमसीसीसँगको सम्झौता नेपालको संविधान र कानुन भन्दामाथि नरहेको र एमसीसी नेपाल कम्प्याक्टको लेखा परीक्षण नेपालमा हुने लगायत विवादित बिषयमा प्रष्टीकरण समावेश हुनेछ।
के छ व्याख्यामा?
१. एमसीसीबारे नेपालले उठाउँदै आएका प्रश्न र एमसीसीले नेपाल सरकारलाई पेश गरेको जवाफ।
२. सन्धि ऎन अनुसार उक्त लेटर अफ एक्सचेञ्ज पनि सम्झौताको अङ्ग हुने प्रावधान।
३. नेपाल सरकारले भर्खरै पुनः गरेको पत्र व्यवहार।
४. यी सबै दस्तावेज एमसीसीका अङ्ग हुने गरि सरकारको तर्फबाट पुरक प्रस्ताव पेश हुने र पारित हुने।
५. यी सबै प्रक्रियाबाट पारित दस्तावेज अस्वीकार गरे नेपालको तर्फबाट एकतर्फी सम्झौता भङ्ग भएको घोषणा गर्न सक्ने।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












