जसपाका ९ केन्द्रीय सदस्यसहित ४ सय बढी एमाले प्रवेश, ओलीले स्वागत गरे
काठमाडाैँ । सत्ता साझेदार जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन्।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमबीच पोखरामा मंगलबार स्वागत गरेका छन्।
एमाले प्रवेश गरेकाहरूमा जसपाका ९ जना केन्द्रीय सदस्य छन्। त्यस्तै प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भ्रातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यसहित ४ सयजना एमालेमा प्रवेश गरेका हुन्।
सुवेदी र नेपालीसहित संविधानसभा सदस्य थिए। कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा र पर्वत जिल्ला अध्यक्ष नवीन पुन एमाले प्रवेश गरेका छन्।
‘सुखी नेपाली समृद्धि नेपाल बनाउन एमालेको विकल्प देखेनौँ,’ सुवेदीले एमाले प्रवेश गर्दै भनेका छन्, ‘राष्ट्रियताको रक्षा गर्न पनि एमाले नै अब्बल देखियो।’
सुवेदीले सबल र सक्षम नेतृत्व केपी ओलीमा मात्रै रहेको पनि बताएका छन्। एमाले प्रवेश गर्ने अभियानलाई देशैभर चलाएको सुवेदीले बताएका छन्।





Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












