आयाल निगमको कार्यकारी निर्देशकका लागि भट्ट, सिटौला र थानी सिफारिस
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस भएको छ ।
निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बुधबार बसेको बैठकले तीनजनाको नाम सिफारिस गरेको हो ।
सिफारिसमा पर्नेहरूमा गोरखा स्थायी घर भएको चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रसाद सिटौला र सुर्खेतका उमेशप्रसाद थानी रहेका छन् ।
आयल निगमको कार्यकारी निर्देशक पद रिक्त भएपछि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न गएको पुस २५ गते दरखास्त आह्वान गरिएको थियो । सोअनुसार १७ जनाको आवेदन परेको थियो । त्यसमध्ये समितिले तीनजनाको नाम सिफारिस गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल प्रधानमन्त्री स्वयंले सम्हालिरहेको हुँदा उनले चाहेको व्यक्ति नै निगमको कार्यकारी निर्देशक नियुक्त हुने पक्का छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलिमय पदार्थको मूल्यवृद्धिसँगै टाट पल्टिने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा निगमको नेतृत्वमा पुग्नेलाई ठूलै चुनौती छ ।
निगमले सात वर्ष लगाएर मूल्य स्थिरीकरण कोषमा जम्मा गरेको रकम पनि पछिल्लो दुई महिनायाताको इन्धन आयातको भुक्तानीमै सकिन लागेको छ ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकले निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











