निर्वाचनको बहिष्कार र विरोध गर्ने समूहमाथि निगरानी बढाउन गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनको वहिष्कार र विरोध गर्नेहरुमाथि निगरानी बढाउन सबै जिल्ला प्रशासन कार्यालय (सीडीयो)हरुलाई निर्देशन दिएको छ ।
स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा गृह मन्त्रालयले निर्वाचनको बहिष्कार र निर्वाचन प्रक्रियामा अवरोध सृजना गर्ने व्यक्ति, समूह वा राजनीतिक दलहरुका गतिविधिमाथि निगरानी बढाउन जिल्ला प्रशासन कार्यालयलाई लिखित निर्देशन दिएको हो ।
गृहले निर्वाचनको विरोधी समूह पहिचान गरी सोही बमोजिम सुरक्षा रणनीति बनाउन समेत मुलुभरका सीडीयो कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले चैत्र दोस्रो साता स्थानीय तहको निर्वाचन सुरक्षाबारे
लिखित निर्देशन दिएको स्रोतले बताएको छ। गृह मन्त्रालयले भयरहित तरिकाले निर्वाचन सम्पन्न हुने गरी सुरक्षाको वातावरण बनाउन तीवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादीले निर्वाचन वहिष्कार गर्ने घोषणा गरिसकेको छ।
यसैगरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका केहि साना दल निर्वाचनबारे स्पष्ट छैन्। सरकारले आगागी बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












