सुदूरपश्चिमका स्थानीय तहमा निर्वाचनको तयारी तीव्र
डोटी । डोटीसहित सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन् ।
सुदूरपश्चिमका ८८ स्थानीय तहका एक हजार १३५ मतदानस्थलमा दुई हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
प्रदेशका सबै निर्वाचन कार्यालयले आज नौवटै जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ । अहिले निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पुर्याउने काम भइरहेको निमित्त प्रमुख भट्टले बताए ।
प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७३४ वडाध्यक्ष र दुई हजार ९३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कूल तीन हजार ८४६ जनप्रतिनिधि निर्वाचित हुने छन् ।
सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र छन् । कैलालीका १३ पालिकामा ६१९ मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक चार हजार बढी कर्मचारी खटिने छन् ।
कञ्चनपुरका नौ पालिकाका ३४१ मतदान केन्द्रमा एक हजार ८०० बढी कर्मचारी खटिने भएका छन् । सुदूरपश्चिममा यस वर्ष १६ लाख ३२ हजार १५० मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन् । जसमध्ये आठ लाख ३१ हजार ४७० महिला, आठ लाख ६६२ पुरुष र १८ तेस्रो लिङ्गी छन् ।
यसैगरी डोटीका नौवटा स्थानीय तहमा रहेका मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्ने काम सम्पन्न भइसकेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए । उनले भने, ‘हामीले एक चरणमा मतदान स्थलको निरीक्षण तथा अनुगमन गरीसकेका छौँ, पुनः अर्को पटक निरीक्षणको तयारी छ ।’
कुन मतदान स्थलमा कति जना सुरक्षाकर्मी खटाउने सो विषयमा छलफल भइरहेको प्रजिअ विष्टले जानकारी दिए । डोटीमा पछिल्लो सयम राजनीतिक दलहरु स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पुग्न थालेका छन् ।
चुनावको मिति घोषणासँगै कांग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका छन् ।
डोटीमा एक लाख २४ हजार १४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दलबहादुर मलासीले जानकारी दिए ।
Comments
अरु समाचार
-
चितवनमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानमा रहेका रास्वपा सभापती रवि लामिछनेको चितवनमा बयान जारी रहँदा रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप...
-
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
काठमाडौं । नेपाल र चीन सरकारबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । मंगलबार नेपाल...
-
जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजे : महासचिव पोख्रेल
काठमाडौं। नेकपा एमालेले स्थानीय तहको चुनावी परिणामलाई यथार्थतामा बुझ्न आवश्यक रहेको बताएको छ । एमालेका महासचिव शंकर पोख्रेलले ‘उपचुनावको परिणाम...
-
काठमाडौं महानगरद्वारा तीन जना बालबालिकाको उद्धार
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको छ । महानगरपालिकामा प्राप्त गुनासोका आधारमा आफ्नै...
-
बीआरआईबाट नेपालले लाभ लिन्छः प्रधानमन्त्री ओली
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई)बाट नेपालले लाभ लिने बताएका छन्...
-
राष्ट्रपति पौडेल शिक्षण अस्पताल महाराजगञ्ज भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । अस्पतालका निमित्त कार्यकारी...
-
मंसिर २८ लाई तोकियो पत्रकार महासंघको निर्वाचन, कार्यतालिका सार्वजनिक
काठमाडौं। नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार मंसिर २१ गते शुक्रबार उम्मेदवार मनोनयन...
-
उपराष्ट्रपति यादव र कतारका राजदूत अन्सारीबिच भेटवार्ता
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अलि अल अन्सारीबिच भेटवार्ता भएको छ । मङ्गलबार...
-
प्रधानमन्त्री ओली र सिपिसी अध्यक्षबीच भेटवार्ता
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच...