नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडाै। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।
आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार पनि ओरालो लागेको थियो । सोमबारकै लय पछ्याउँदै नेप्सेमा मङ्गलबार पनि गिरावट देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.०२ अङ्कले ओरालो लागेको नेप्से परिसूचक दुई हजार ३७०.९९ मा थामिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७४ अङ्कले घटेर ४५२.९५ मा ओर्लेको छ ।
नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ । कूल २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर रु एक अर्ब चार करोड ६० लाख १४ हजार ४१७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ७२ अर्ब ७२ करोड ९५ लाख ७० हजार हाराहारीमा ओर्लेको छ ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।
उत्पादन १६.४३ र सामूहिक लगानी कोष ०.२५ अङ्कले उकालो लागेको छ । त्यस्तै, बैंकिङ ५.१३, व्यापार १०.५९, होटल तथा पर्यटन ३.७१, विकास बैंक ४२.०१, जलविद्युत् ४०.५, वित्त १७.६४, निर्जीवन बीमा १००.१६, अन्य ११.३६, लघुवित्त १३.५९, जीवन बीमा ९५.८५ र लगानी १.१ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड २१ लाख ८२ हजार बराबरको कारोबार भयो । त्यस्तै, अपि पावर कम्पनी रु चार करोड छ लाख ६२ हजार ६४८, नेष्डो समृद्ध लघुवित्त रु तीन करोड पाँच लाख ५५ हजार ६०९, अरुण भ्याली हाइड्रोपावर रु दुई करोड ९२ लाख ५९ हजार ७०७ र हिमालयन डिस्टिलरी रु दुई करोड ८५ लाख ५३ हजार ४६७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । घटेको बजारमा सो कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो । एनआइबिएल समृद्धि फण्ड दोस्रो ५.०६, किसान लघुवित्त ४.०२, एनआइबिएल प्रगति फण्ड ३.६७ र मेगा म्युचुअल फण्ड एक का लगानीकर्ताले ३.३४ प्रतिशतले कमाए ।
त्यस्तै, हिमालयन पावर पार्टनर ५.४१, मल्टिप्रपोज फाइनान्स ४.०२, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.०२, माहुली लघुवित्त ३.७३ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.४४ प्रतिशतले गुमाए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












