नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडाै। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।
आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार पनि ओरालो लागेको थियो । सोमबारकै लय पछ्याउँदै नेप्सेमा मङ्गलबार पनि गिरावट देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.०२ अङ्कले ओरालो लागेको नेप्से परिसूचक दुई हजार ३७०.९९ मा थामिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७४ अङ्कले घटेर ४५२.९५ मा ओर्लेको छ ।
नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ । कूल २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता शेयर रु एक अर्ब चार करोड ६० लाख १४ हजार ४१७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ७२ अर्ब ७२ करोड ९५ लाख ७० हजार हाराहारीमा ओर्लेको छ ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।
उत्पादन १६.४३ र सामूहिक लगानी कोष ०.२५ अङ्कले उकालो लागेको छ । त्यस्तै, बैंकिङ ५.१३, व्यापार १०.५९, होटल तथा पर्यटन ३.७१, विकास बैंक ४२.०१, जलविद्युत् ४०.५, वित्त १७.६४, निर्जीवन बीमा १००.१६, अन्य ११.३६, लघुवित्त १३.५९, जीवन बीमा ९५.८५ र लगानी १.१ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड २१ लाख ८२ हजार बराबरको कारोबार भयो । त्यस्तै, अपि पावर कम्पनी रु चार करोड छ लाख ६२ हजार ६४८, नेष्डो समृद्ध लघुवित्त रु तीन करोड पाँच लाख ५५ हजार ६०९, अरुण भ्याली हाइड्रोपावर रु दुई करोड ९२ लाख ५९ हजार ७०७ र हिमालयन डिस्टिलरी रु दुई करोड ८५ लाख ५३ हजार ४६७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । घटेको बजारमा सो कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्यो । एनआइबिएल समृद्धि फण्ड दोस्रो ५.०६, किसान लघुवित्त ४.०२, एनआइबिएल प्रगति फण्ड ३.६७ र मेगा म्युचुअल फण्ड एक का लगानीकर्ताले ३.३४ प्रतिशतले कमाए ।
त्यस्तै, हिमालयन पावर पार्टनर ५.४१, मल्टिप्रपोज फाइनान्स ४.०२, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४.०२, माहुली लघुवित्त ३.७३ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.४४ प्रतिशतले गुमाए ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












