अर्काको श्रीमानलाई आफ्नो भन्दै राज्यमन्त्री वली कुटपीटमै उत्रिएपछि….
दाङ । स्वास्थ्य, जनसंख्या तथा परिवार काल्याण राज्यमन्त्री विमला वलीले प्रेमीको घरमा पुगेर वितण्डा मच्चाएकी छन् ।
आफ्नो श्रीमान दाबी गर्दै राज्यमन्त्री वली योङ कम्युनिष्ट लीग नेपालका कार्यकर्ता एकराज बस्नेतको घरमा पसेर उनकी श्रीमति र छोरीमाथि हातपात गरेकी छन् ।
सरकारी झण्डावाल गाडीमा सयर वली पीएसओसहित बस्नेतको घरमा पुगेकी थिइन् ।
सरासर घरभित्र छिरेपछि मन्त्री वलीले मेरो श्रीमान खोई भन्दै एकराजको श्रीमति र छोरीमाथि कुटपीट गरेकी हुन् ।
घरमा पसेर वितण्डा मच्चाउन थालेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । तर, प्रहरी आउन केहि समय ढिला गरेका कारण स्थानीयले वलीलाई कालो मोसो दल्ने तयारी गरेको जनाइएको छ । प्रहरी केहि समयमात्रै ढिला गरेको भए उनलाई स्थानीयले कालो मोसो दल्ने तयारी तीब्र पारिसकेका थिए ।
राज्यमन्त्री वली र एकराज बस्नेतको सम्बन्धलाई लिएर यसअघि पनि विभिन्न चर्चा हुने गरेका थिए । यसअघि पनि वलीले एकराजलाई चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन् ।
एमालेका तर्फबाटदाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि विमलाले उपनिर्वाचनमा टिकट पाएर जितिन् । नेकपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित वली अहिले नेकपा माओवादीमा लागेकी छिन् । माओवादी प्रवेशसँगै उनी राज्यमन्त्री छिन् । तत्कालीन मुक्यमन्त्री शंकर पोखरेलले आफ्नो सत्ता जोगाउन राज्य शक्तिको दुरुपयोग गर्दै आफूलाई अपहरण गरेको आरोप समेत लगाएकी थिइन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











