युवराज अधिकरी निगममा आएपछि वित्तिय अवस्थामा छलाङ
काठमाडौं । नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्षमा युवराज अधिकारी आएपछि वित्तिय अवस्थामा छलाङ मारेको छ ।
५८ करोडमात्र नगद मौज्दात रहेको अवस्थामा निगमको कार्यकारी अध्यक्षमा प्रवेश गरेका अधिकारीले छोटो समयमै २ अर्बको नगद मौज्दात जम्मा गर्न सफल भएका हुन् ।
१ अर्ब ३५ करोड (कर्मचारी सञ्चय कोषको ९० करोड/नागरिक लगानी कोषको ४५ करोड) ऋण भुक्तानी गरिएको छ । ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पुरै भुक्तानी गरिसकेको निगमले आवश्यकता परेमा सीमाभित्र रहेर वित्तिय सुविधा लिन सक्ने अवस्था समेत निर्माण गरिएको छ ।
निगमले ३ अर्ब २७ करोड रुपियाँ जतिबेला पनि चलाउन सक्छ । निगमको कार्यकारी अध्यक्षमा अधिकारी प्रवेश गर्दा ५८ करोड नगद मौज्दात भएकोमा हाल करीव २ अर्बको नगद मौज्दात भई १ अर्ब ३५ करोड (कर्मचारी सञ्चय कोषको ९० करोड/नागरिक लगानी कोषको ४५ करोड) ऋण भुक्तानी गरिएको छ ।
दुई वर्षसम्म निगमले कत्तिपनि ऋण तिर्न सकेको थिएन । हाल निगमको अवस्था निकै राम्रो अवस्थामा रहेको छ ।
ओभर ड्राफ्ट रकम भुक्तानीले ५ महिनाको अवधिको निगमलाई यसको व्याज भुक्तानी गर्ने दायित्व वापतको रकम समेत वचत हुन गएको छ । यो व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ ।
निगमले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम ८ महिना (साउनदेखि फागुन)सम्म ८ अर्ब ३८ करोड रुपियाँ आम्दानी भएको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिमा आम्दानी ५ अर्ब ७० करोड रहेको थियो ।
निगमले उडान संख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ‘ए’ ३३० सेरिजका दुई वटा वाईडबडी जहाजको औसत सीट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको छ ।
कात्तिकमा ए–३२० ले ७ घण्टा ३८ मिनेट र ए–३३० ले ६ घण्टा ३८ मिनेटले बढेको छ । चैतमा ९ घण्टा ४८ मिनेट ए–३२० को र १० घण्टा ४१ मिनेट ए–३३० को समय बढेको छ ।
निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नेवित्तिकै अधिकारीले विविध कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडानहरू पुनः सुचारु भएका छन् ।
कात्तिक महिनामा दिल्लीको दैनिक १ उडान भएकोमा हाल दुई उडान भइरहेको छ । मुम्बईको बन्द रहेको उडान हाल सातामा ३ उडान भइरहेको छ । बैंगलौर, दोहा, दुबई, हङकङ, क्वालाम्पुर, बैंकक, नारिता र साउदी अरबमा उडान संख्या बडाएर उडान भएका छन् ।
सुदूरपश्चिममा नियमित उडान भएका छन् । इलाममा नियमित उडानको तयारी भएको छ ।
निगमले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त विश्वका यात्रुतर्फ २१ वटा र कार्गोतर्फ २४ वटा वायुसेवाहरूसंग सम्झौता (SPA), गरी निगमको साख र आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ ।
अन्य उडानका कनेक्टिङ उडानमा यात्रुहरूको आवश्यक्तालाई ध्यानमा राखी निगमको उडानको सीमालाई सुधार गर्नुपर्छ ।
निगमले यात्रु सेवा पद्धति वायुसेवा कम्पनीहरूको जीवन रेखा मानिने ‘पीएसएस’ पद्धतिमार्फत रिजर्भेसन, टिकेटिङ, एयरपोर्टे चेकिङ, ईन्टरनेट बुकिङ सञ्चालन हुने गरेको छ ।
‘पीएसएस’ सम्बन्धी सेवा बन्द गर्ने घोषणा गरी २०१९ मा २०२२ देखि आफ्नो ‘पीएसएस’ सम्बन्ध जानकारी समेत सीता (SITA)ले दिएको अवस्थामा टेण्डर प्रकृया समेत अगाडि नबढाई अवरुद्ध भएको यो प्रोजेकटलाई समयसीमाभित्र अगाडि बढाउन निर्क कार्य अगाडि बढेको छ ।
नयाँ ‘पीएसएस’को चयनसँगै विभिन्न गन्तव्य मुलुकका बाध्यात्मक/अनिवार्य प्रावधान समेत निगमले अनुशरण गर्दै जानुपर्ने अवस्थामा नयाँ ‘पीएसएस’लाई अन्य ती देशका अनिवार्य सिष्टमसँग ईन्ट्रिग्रेशन गर्ने क्रममा अन्य सिष्टमसँग लिङ्कअप गर्नुपर्ने तथा यसबीचमा ती कम्पनीले निगमसँग पुरानो सम्झौत अनुसार असुल उपर गर्ने डिस्प्यूट गरेको करोडौं रकम समेत विभिन्न चरणमा वार्ता गरी छुट लिन सफल भई करोडौं रकम बचत भएको छ ।
मध्य तथा खाडी मुलुक जाने नेपाली श्रमिकलाई भाडा छुट, डिजी सर्टिफिकेट सेवा, गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र उडान, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाईडबडीको सफल परीक्षण अवतरण, केन्द्रीय कार्यालयमा सर्भेनियर सेल्स काउन्टर, जहाज र बोर्डिङ पासमा विज्ञापन, निगमर विद्युत प्राधिकरणबीच सम्झौता, उद्धार र मेडिकल सामान आपूर्ति जस्ता कार्य निगमले छोटो समयमा पूरा गरेर आर्थिक अवस्था सुधार गरेको छ ।
कार्यकारी अध्यक्ष अधिकारीले निगमलाई छोटो समयमा कर्मचारीहरूको साथ सहयोग लिएर सुधार गरेका छन् । उनले राम्रो काम गर्दागर्दै निगमको भलो नचाहने सानो समूहले चलखेल गरेर स्वार्थपूर्तिमा आफूलाई सक्रिय बनाएको छ ।
सरकारले निगमको भलो चाहन्छ भने अधिकारीलाई हटाउन केही तत्वले गरेको चलखेलको पछाडि लाग्नु हुँदैन ।
अधिकारीलाई नै काम गर्न दिएर निगमको अवस्था सुधार गर्नुपर्छ । छोटो समयमा कार्यकारी अध्यक्षलाई हटाएर अर्कोलाई नियुक्त गर्ने हो भने निगमको अवस्था सुधार हुनेभन्दा पनि बिग्रिनेछ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












