रुपन्देही–५ मा एमालेले वासुदेव घिमिरेलाई उठाउने
बुटवल । २०७४ को चुनावमा काँग्रेसका भरत शाहले जितेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।
तिलोत्तमा नगरपालिकाको निवर्तमान मेयर रहेका घिमिरेलाई एमालेले रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो । तिलोत्तमामा मेयर हुँदा उनले गरेको कामबाट तिलोत्तमा नगर देशमै नमूना कहलिएको थियो ।
उनको नेतृत्वमा भएको तिलोत्तमाको विकासको मुलुकभरी नै चर्चा हुने गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि तिलोत्तमाको भ्रमण गरी तिलोत्तमाको विकासबाट मुलुकले पाठ सिक्नुपर्ने बताएका थिए ।
उनै घिमिरेलाई रुपन्देहीको क्षेत्र नम्बर ५ बाट एमालेले टिकट दिएपछि अहिले क्षेत्र नम्बर ५ का नागरिकमा उत्साह थपिएको छ । मेयरका उम्मेदवार घिमिरेले आफूलाई यहाँका जनताले विश्वास गरेर जिताए क्षेत्र नम्बर ५ लाई तिलोत्तमा जस्तै नमूना बनाउने बताए ।
“क्षेत्र नम्बर ५ बाट मेरो उम्मेदवारी पक्का भएको छ’, घिमिरेले भने–“अव जितका लागि तयारी गर्दै छु ।” यो निर्वाचन क्षेत्रबाट यसअघि खिमलाल भट्टाई उम्मेदवार बन्न्े चर्चा थियो । उनी एमालेबाट राष्टियसभाका प्रमुख सचेतक भएकाले एमालेले टिकट नदिएको बताइएको छ । राष्टियसभामा उनको कार्यकाल अझै १६ महिना बाँकी छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...
-
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको...
-
निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नामावली (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसद निर्वाचित भएको घोषणा गरेको छ। प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतका आधारमा दलहरूले समानुपातिक...
-
न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ...
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












