प्रदेश १ : जसपाको १ सिट निर्णायक,कसले मार्ला बाजी ?
विराटनगर । प्रतिनिधिसभाको निर्वाचन सकिएर अन्तिम मतपरिणाम आएपछि देशको राजनीतिक परिवेश फेरिन खोज्दैछ । केन्द्रदेखि प्रदेशसम्म कस्तो सरकार बन्ला भन्ने आमचासो छ । यसैक्रममा देशका ७ वटै प्रदेशमध्येमा प्रदेश १ मा सरकार बनाउने प्रयास रोचक हुने देखिएको छ । यस प्रदेशमा सरकार पक्षका गठबन्धन दल र एमाले-राप्रपा बराबरी सिटमा देखिएका छन् ।
९३ सीट रहेको प्रदेशसभा १ मा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । अहिलेसम्म हेर्दा गठबन्धन दल र एमाले-राप्रपा गठबन्धनको ४६/४६ सिट देखिएको छ । उता जसपा एक सिटमा सीमित छ । दुवै समूलाई सरकार बनाउन एक/एक सिट आवश्यक देखिएको छ । जसपाले प्रदेशसभामा समानुपातिकबाट पाएको एक सिटले कताको पक्ष लिने हो, त्यो भने हेर्न बाँकी छ ।
वर्तमान सरकारमा रहेका र नरहेका दुवै गठबन्धन सरकार बनाउन जसपाको आशमा देखिन्छन् । दुवै धार कसरी हुन्छ जसपालाई रिझाएर सरकारको बाजी मार्ने दाउमा छन् । तर, निर्णायक मत लिएर बसेको जसपाभित्र एक पक्ष एमालेको नेतृत्वमा बन्ने सरकारमा जानुपर्ने अडानमा छ । अर्कोपक्ष भने सत्ता गठबन्धनसँगै मिलेर सरकार बनाए दिगो हुने अडान राखिरहेको छ ।
जसपा प्रदेश १ सरकार गठनमा ‘कि फ्याक्टर’ को रूपमा देखिएको छ । यस पार्टीभित्र पनि कसलाई साथ दिने भन्ने दुई धार छ । जसपाले जुन गठबन्धनलाई साथ दिन्छ उसैले सरकाररुपी पोष्टमा गोल छिराउने देखिएको छ । जसपा औपचारिक निर्णयमा अहिलेसम्म नपुग्दा सत्ता समीकरणको तालमेलबारे उक्त पार्टीभित्र गहन छलफल वा विवाद रहेको प्रष्टै हुन्छ ।
उपेन्द्र यादवले एमालेसँगको सहकार्य सकिएको बताएका छन् । तर अर्कातिर याे अवस्था छ कि एमालेकै साथ पाएर प्रभावशाली नेता अशोक राईले प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका छन् । राईले भने पार्टीको आधिकारिक निर्णय नभएको प्रतिक्रिया दिएका छन् । उनले यादवको भनाइ आधिकारिक नभएको पनि जनाएका छन् ।
एमालेसँग तालमेल गरेकैले अशाेक राईले चुनाव जितेका हुन् । यस अवस्थामा उसलाई लगत्तै धोका दिन नहुने जसपाभित्रको एउटा धारको तर्क छ । अर्को धारले भने पार्टीलाई जे फाइदा हुन्छ र जसको सरकार दिगो हुन्छ उसैलाई सहयोग गर्नुपर्ने अडान राख्दै आएको छ । वास्तवमा एक सिट हातमा लिएर बसेको जसपाको निर्णय कसको पक्षमा हुने हो ?प्रदेश सरकार कसले बनाउने हो त्यो आगामी दिनका राजनीतिक गतिविधिले नै देखाउने छन् ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












