गौशालामा गाईको बिजोग, ज्यालादारी कर्मचारी के र्गछन् ?
महोत्तरी । महोत्तरीको निगौल गाई गौशालामा रहेका गाईको अहिले बिजोग भएको छ । संरक्षण अभावमा गाईको बिजोग भएको हो । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका-३ नवराजपुरस्थित उक्त गौशालाका गाई धमाधम मर्न थालेका छन् ।
बढ्दो चिसोमा कुपोषणका कारण ब्याएका गाई पनि एकपछि अर्को ढल्न थालेका छन् ।’तीन दिन अघि मात्रै एक महिना अघि ब्याएको गाई खानै नपाएर सर्यो’ गौशालाको प्रशासन सम्हाल्ने खरिदार सुरेश सिंह भन्छन्,’गौशालामै गाई खान नपाएर भकाभक मर्दैछन्, यहाँको बिजोगले कस्तो ठाउँमा काम गर्नुपरेछ भन्ने लागेको छ ।’ खाए पनि नखाए पनि सुख्खा परालको भरमा गौशालाका गाई रहेका उनकोे भनाइ छ ।
गत साउनयता मात्रै ठूला र साना बाच्छाबाच्छीसहित ३८ वटा गाई मरिसकेका खरिदार सिंह उल्लेख गर्छन्। राष्ट्रिय सहकारी विकास बोर्डअन्तर्गत रहेको यो गौशालाका गाई उचित रेखदेख, पौष्टिक आहार र उपचारसमेत नपाएर दुब्लो र ख्याउटे अवस्थामा पुगेका छन् ।’न गाईलाई पर्याप्त आहार छ, न खानपानको व्यवस्थित तालिका नै, गोठ पनि के भनौँ रु खोरमा थुनिएका छन् । गौशाला हेर्न पुगेका बर्दिबास–१ का होटल व्यवसायी दीपेन्द्र पराजुली भन्छन्,’गौशालाका गाई कुनै मुद्दामा थुनिएका कैदीजस्ता भएका छन् ।’
खानपानको प्रबन्ध र उपचार नपाएरै गाई मर्ने क्रम बढेको छ ।”हामी केही साथी गौशाला हेर्ने रहरले एक महिना पहिले आएका थियौँ, यहाँ त बिजोग पो रहेछ’ उनी भन्छन्,’गौशालाको राम्रो व्यवस्थापन नहुँदा गाइको कन्तविजोग देखियो ।’ यस्तो अवस्था देखेपछि तत्कालै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब नम्रता सिंहलाई भेटेर तत्काल आवश्यक पहल गर्न अनुरोध गरिीएको पराजुलीको भनाइ छ । अहिले पनि गौशालामा करिब तीन सय गाई छन् । भङ्गाहा नगरपालिका–४ रामनगरका रामईश्वर ठाकुर भन्छन्,’सबैजसो गाईका हाडछालामात्र देखिन्छ ।
पाल्नै नसकिने गरी सरकारले किन गौशालामा राखेर गाईको बिजोग देखाएको होला ? ‘यिनले हरियो घाँस नदेखेको महिनौँ भयो होला, कर्मचारी त जागिर खानमात्रै यहाँ देखिने हुन्, गाईको बिजोग देख्दा मन थाम्न गारो पर्यो’, गौशाला–४ रजखोरका सामाजिक कार्यकर्ता अजय कुशवाहा भन्छन्, ‘यो विजोग देख्नुभन्दा जङ्गल धपाइदिए भकाभक गाई मरेको त हेर्न पर्दैनथ्यो ।’ गौशालाका कर्मचारी भने गाईको रेखदेख, खानपान र व्यवस्थापनका लागि बोर्ड उदासिन रहेको बताउँछन् ।
तालुक निकायले कुनै वास्ता नगर्दा के गरी धान्ने धान्ने भन्ने समस्या भएको गौशालाका निमित्त प्रमुख वीरबहादुर चौधरीको गुनासो छ । गौशाला सञ्चालनका लागि एक सय ४८ बिघा जग्गा छ । उक्त जग्गामा घाँस र अन्य बाली व्यवस्थितरुपले लगाउन नसक्दा गाईलाई आहाराको अभाव भएको गौशालाबासी बताउँछन् ।’गाईकै खानपान प्रबन्धका लागि जग्गा हो नि, तर त्यो जग्गा खनजोत गर्ने, घाँस र अन्यबाली लगाउने गरेको देखिँदैन, अधिकांश जग्गा बाँझै छ’रजखोर बस्तीका मनोज थापामगर भन्छन्,’विगतमा सम्पन्न मानिने गौशाला पछिल्ला केही दशकयता कर्मचारीको बेखबरपन, सरकारको उदासिनता र स्थानीयतहको बेवास्ताले बिजोग हुन पुगेको हो ।
गौशालामा अहिले पनि ज्यालादारीसहित ३० कर्मचारी कार्यरत रहेका र तीमध्ये २६ जना त गोठालाकै दरबन्दीमा रहेका निमित्त प्रमुख चौधरी स्वीकार गर्छन् ।’पालिएका कतिपय गाई थारै रहने क्रम बढेकाले यसको कारण बुझ्न विज्ञहरु आउनुपर्नेमा जोड दिँदै भेटेरेनरी जेटिसमेत भएका निमित्त कार्यालय प्रमुख चौधरी भन्छ्न्, ‘उपल्लो तहको बेवास्ताले आफूले पापको भारी बोक्नु परेको झैँ लाग्दैछ ।’ गौशालामा गतवर्ष त १८ वटा दूध दिने गाई थिए । पोहोर साल दूध बेचेर २२ लाखजति आम्दानी भएको खरिदार सिंह बताउँछन् ।
यसपाली दुहुना र नयाँ ब्याउने गाई नै भकाभक मर्नथालेपछि दूधको अनिकाल परेको उनको भनाइ छ । गाईकै आहाराको ४८ लाख ऋण तिर्न बाँकी रहँदा उधारो पत्याउन छाडकाले पौष्टिक आहार खुवाउन नसकिएको निमित्त प्रमुख चौधरी बताउँछन् । आफूले गत साउनमा निमित्त प्रमुखको जिम्मेवारी सम्हालेयता पटक–पटक विभिन्न निकायमा सम्पर्क गरेपनि कतैबाट सकारात्मक जवाफ नपाएको उनको गुनासो छ । गौशालाको जग्गामा पशुहाट लगाइने ठेक्काबाट २५ प्रतिशत रकम यस गौशालाले पाउने पूर्वसहमति भए पनि नगरपालिकाले रकम दिन आनाकानी गर्दै आएको गौशालाका कर्मचारी बताउँछन् ।
गौशालाको नाउँमा रहेको एक सय ४८ बिघा जग्गामध्ये भण्डै ५० बिघा जग्गा अतिक्रमण भइसकेको छ । अतिक्रमित जग्गामा अहिले थुप्रै घर ठडिएका छन् । अतिक्रमण रोक्न राजनीतिक तहबाटै पहल हुनपर्नेमा उल्टै अतिक्रमण गर्नेहरु नै राजनीतिक क्षेत्रबाट संरक्षित भएका स्थानीयवासी बताउँछन् । बाँकी रहेका जग्गामध्येमा १० बिघामा गाई गोठ, नौरनौ बिघामा पोखरी, फूलबारी र करिब ५६र५७ बिघाजति खेतीयोग्य जग्गा छ ।
तीमध्ये २० बिघामा नियमित घाँसका लागि छुट्याइए पनि घाँस नलगाइँदा गाईले हरियो बस्तु खान नपाएको उनीहरुको भनाइ छ। गौशालाको जग्गामध्ये तीन बिघामा गौशाला नगरपालिकाले पशुहाट लगाउँदै हाटको निश्चित प्रतिशत आम्दानी गौशालाले नपाएको वर्षौ भइसकेको जनाइएको छ । स्थानीय सामाजिक कार्यकर्ता धनलाल साशङ्कर भन्छन्, ‘खटिएर आउने कर्मचारीमध्ये धेरैजसो गाईको संरक्षणभन्दा आफ्नै दुनो सोझ्याउन थाल्दा गाईको बिजोग भएको हो ।’ यस्तो बेथिति अन्त्य गर्न सरकार तथा सम्बद्ध निकायले तत्काल पहल गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











