‘चुनावअघि नैं कांग्रेसँग आलोपालोमा सरकार चलाउने सहमति ’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाहिर आएजस्तो प्रधानमन्त्री पदमा आफ्नो दाबी नभएको प्रष्टीकरण दिएका छन् । उनले अवसर आए जिम्मेवारी लिनसक्ने पनि जनाए । प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्तागठबन्धनमा सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगिने विश्वास दिलाए । चुनावअघि कांग्रेसँग आलोपालो सहमति भने भएको उनले खुलासा गरेका छन् ।
‘प्रधानमन्त्री माओवादीको बटमलाइन नभएको बताउँदै उनले सहमति र समझदारीबाटै टुंग्याउने जनाए । सहमतिमै जिम्मेवारी आयो भने लिने र चुनावअघि आलोपालो गर्ने सहमति भएको र अहिले पनि त्यो समझदारी रहेको जनाए । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि त्यो गठबन्धनमा समझदारीकै आधारमा हुने प्रचण्डको भनाइ छ ।
एमालेसँगको तालमेलको सम्भावनालाई उनले नकारेनन् । कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग मिलेर सरकार चलाउने दाउसम्बन्धी पत्रकारको प्रश्नमा उनले स्वभावैले निर्वाचनपछि सबै राजनीतिक दलसँग छलफल चलेको जनाए । आफूले अहिलेसम्म प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै नगरेको प्रचण्डको जिकिर थियो।
माओवादीमात्र नभए गठबन्धनका सबै दलहरूको एमालेसँग संवाद भइरहेको भन्दै उनले कांग्रेस र एमालेकै पनि भइरहेको बताए । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रधानमन्त्री प्याकेजमै टुंग्याउने भन्दै उनले राष्ट्रपतिबाट आव्हान भएको ७ दिनकै समयसीमामा टुंगिने आश्वासन दिएका छन् ।
Comments
अरु समाचार
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...












