सरकारलाई प्रेस चौतारीले भन्यो : नागरिकको मुख थुन्ने काम बन्द गर
काठमाडौं चैत १२ । प्रेस चौतारी नेपालको शनिबार भक्तपुरमा सम्पन्न मिसन ग्रासरुट अभियानअन्तर्गत प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । संगठनको वाग्मती प्रदेश, उपत्यका प्रदेश, एसोसियट प्रदेश र प्रतिष्ठान समितिको संयुक्त आयोजनामा भएको संगठन सुदृढीकरण कार्यशाला एवं बैठकले सो घोषणापत्र जारी गरेको हो । कार्यशालाले प्रेस चौतारी नेपाल व्यावसायिक पत्रकारिताको विकास तथा निष्पक्ष, मर्यादित र स्वतन्त्र पत्रकारिताको लागि निरन्तर संघर्षरत रहने घोषणा गरेको छ ।
‘मानवअधिकार, नागरिक स्वतन्त्रता, वाक् स्वतन्त्रता ९प्रहरीको दमनमार्फत जनताको मुख थुन्ने जस्ता० प्रेस स्वतन्त्रताविरुद्ध राज्यबाट भएका गतिविधिप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । त्यस्ता कार्य तत्काल रोकी नागरिकको संवैधानिक अधिकार सुरक्षित गर्न जोडदार माग गर्दछ’, कार्यशाला पछि जारी गरिएको घोषणापत्रमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघले सुरु गरिएको सदस्यता शुद्धीकरण तथा नवीकरण कार्यलाई प्रेस चौतारी नेपालले सूक्ष्म रूपले अवलोकन तथा विश्लेषण गरिरहेको घोषणापत्रमा उल्लेख छ । आस्थाको आधारमा नेपाल पत्रकार महासंघमा गैह्र पत्रकारलाई प्रवेश गराउने जस्ता सिङ्गो पत्रकारिता विरोधी कार्य रोक्न प्रेस चौतारी नेपालले जोडदार माग गरेको छ ।
क्रियाशील श्रमजीवी पत्रकारलाई पत्रकार महासङ्घको सदस्यता प्राप्तिमा कुनै पनि खालको अवरोध नगर्न प्रेस चौतारी नेपालले माग गरेको छ । क्रियाशील पत्रकारलाई पत्रकार महासङ्घको सदस्यता दिनको लागि सबै प्रदेश समितिहरूलाई सक्रिय भई पत्रकार महासंघमा आबद्ध हुने अधिकारलाई सुनिश्चित गर्न संगठनले आग्रह गरेको छ ।
कतिपय सञ्चार गृहहरूले ती सञ्चार गृहमा कार्यरत पत्रकारको पारिश्रमिक नदिई पत्रकार माथि श्रम शोषण गरेकोप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकारले पाउनुपर्ने नियमित पारिश्रमिक उपलब्ध गराई उनीहरूको पेसागत सुरक्षाको सुनिश्चित गर्न कार्यशालाले माग गरेको छ । ‘पत्रकारको संरक्षणको लागि पत्रकार सुरक्षा कोष, पत्रकार जोखिम सुरक्षा, पत्रकार सम्मान आदि विषयलाई गम्भीरताका साथ लिई कार्यान्वयनका लागि सम्बन्धित सबै सञ्चार गृहसँग आग्रह गर्दछौँ’, घोषणापत्रमा उल्लेख छ ।
लोक कल्याणकारी विज्ञापन र विज्ञापनबापतको रकम र दायरा बढाउन, स्वरोजगार मूलक तथा साना लगानीका मिडियाहरूको समस्या समाधान गर्न, अनलाइन मिडियालाई दायरामा ल्याई समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्नको लागि कार्यशालाले सरकारसँग माग गरेको छ । व्यावसायिक सुरक्षा, महिला स्वास्थ्य र समान व्यवहारको कसीमा सबै सञ्चार गृह महिलामैत्री नभएकाले उक्त समस्याको समाधानसहित पत्रकारितामा महिलाको गुणात्मक तथा सङ्ख्यात्मक उपस्थिति गराउन कार्यशालाले सबै सरोकारवालासमक्ष आग्रह गरेको छ ।
सरकारी सञ्चारमाध्यमलाई व्यावसायिक, स्वतन्त्र र निष्पक्ष बनाउन माग गर्दै एकपक्षीय रूपमा अनावश्यक हस्तक्षेप बन्द गर्न कार्यशालाले माग गरेको छ । सरकारी तथा सबै सञ्चारमाध्यममा कार्यरत एकै तहका पदमा कार्यरत श्रमजीवी तथा कर्मचारी श्रमजीवीलाई एकै खालको सुविधा नभएकोले समान प्रकृतिको सेवा सुविधा उपलब्ध गराउन कार्यशालाले माग गरेको छ ।
सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुनबाट वञ्चित गरिएकोले अविलम्ब उक्त कोषमा आबद्ध गराउन कार्यशालाले माग गरेको छ । साथै श्रम ऐन कार्यान्वयन अत्यन्त फितलो देखिएकोले अविलम्ब उक्त ऐन कार्यान्वयन गर्न कार्यशालाले माग गरेको छ । श्रमजीवी पत्रकारको अधिकारको रूपमा रहेको न्यूनतम पारिश्रमिकसमेत प्राप्त गर्न नसकेकोले उक्त पारिश्रमिक नियमित दिने वातावरण निर्माण गर्न तथा हाल रहेको न्यूनतम पारिश्रमिक दोब्बर बनाउन कार्यशालाले माग गरेको छ ।युट्युब च्यानलमार्फत पत्रकारितामा आबद्ध पत्रकारहरूलाई प्रेस चौतारी नेपालमा आबद्ध हुनको लागि समेत कार्यशालाले आह्वान गरेको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











