ताजा समाचार

सानोतिनो धक्काले बैंकमा जोखिम आउनेवाला छैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्ष २०७९\८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यसतो बताउनु भएको हो । गभर्नर अधिकारीले नेपालका बैंक तथा वित्तीय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गर्नुभयो । उहाँले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जोखिम नआउने बताउनुभयो ।

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय बैंकहरूमा तरलता सहज हुँदै आएको बताउनुभयो । उहाँले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहनले विद्युतीय भुक्तानी बढेको पनि बताउनुभयो ।

अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गर्नुभयो । उहाँले फागुनदेखि कर्जाको ब्याजदर स्थिर भए पनि बेस रेट घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताउनुभयो । उहाँले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org