सेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ । बजारमा बिक्री चाप नभएपनि लगानीकर्ता विश्वस्त भएर सक्रिय नबन्दा कारोबार रकम घट्दै गएको लगानीकर्ताहरु बताउँछन् ।
राष्ट्र बैंकले ब्याजदर घटाउन निर्णय गरेपनि लगानीकर्तासँग लगानी गर्ने स्रोतको सहज उपलब्धता नहुँदा अझै पनि बजारमा ट्रेड गर्ने लगानीकर्ता प्रवेश गरेका छैनन् । तर, लगानी होल्ड गरिरहेका लगानीकर्ताले भने बजार बढ्ने आशमा बिक्री चाप नल्याउँदा बजारमा कारोबार रकम घट्दै गएको छ ।
सोमबार नेप्सेमा उतारचढावका बीच २।७१ अंकले वृद्धि भएर १८८८।३२ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०।०१ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १।८५ प्रतिशत, लगानी उपसूचक ०।१२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०।२२ प्रतिशतले गिरावट भएको छ । लघुवित्त, विकास बैंक, हाइड्रोपावर, जीवन बीमा लगायतका अधिकांश उपसूचक वृद्धि हुँदा नेप्सेमा सामान्य वृद्धि भएको छ ।
नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकममा भने गिरावट भएको छ । करिब ८३ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर ७५ करोड १३ लाखमा सीमित भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको सर्वाधिक करिब ८ करोड ८२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको करिब ३ करोड र नबिल बैंकको २ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्सेमा कुल २२० सूचीकृत कम्पनीको सेयर करोबार भएकोमा १२० कम्पनीको सेयरमूल्य बढेको छ भने ८५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












