आजको राशिफल : २०८० साल वैशाख १५ गते शुक्रबार
काठमाडौं । आज २०८० साल वैशाख १५ गते शुक्रबार , ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्नेछ। पाउमा चोटपटक लाग्न सक्छ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। बलजफ्तीले पनि काम बिग्रन सक्छ। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिएला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि दिलाउन सक्छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) पुरुषार्थी काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले काममा उत्साह बढाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। प्रतिष्ठित कामले धेरैको मन जित्न सकिनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। तत्कालको सानो फाइदा हेर्दा पछुतो हुनेछ। आफन्त टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनेछ, योजना गोप्य राखेर अघि बढ्नुहोला। मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ) चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ। ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिनेछ। पुरुषार्थले समाजमा स्थापित बनाउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) मनग्गे धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द) वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। भैपरी आउने कामले योजना स्थगित हुन सक्छ। आत्मविश्वासको कमीले पछि परिनेछ। बलजफ्तीले आफैंलाई अप्ठ्यारो पर्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। खर्च हुने डरले सताउन सक्छ। आफ्ना सू चनासम्बन्धी गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












