प्रधानमन्त्रीले कोशी प्रदेशमा अस्थिरता मच्चाएको एमालेको आरोप
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीले कोशी प्रदेशमा अस्थिरता मच्चाएर खेल्न खोजेको आरोप लगाएको छ । शुक्रबार पार्टी कार्यालय, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव विष्णु रिमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बारम्बार आक्रमण भइरहँदा सुरक्षा प्रशासन मुकदर्शक बनेको बताउनु भयो ।
‘झापा पुग्दा उहाँहरुमाथि ढुंगामुढाको प्रयास भयो । प्रशासन मुकदर्शक भएर बस्यो, अवाञ्छित गतिविधिमाथि केही पनि गरेन,’ उहाँले भन्नु भयो, ‘इलाममा पनि बाटो छेकियो, पशुपतिनगरमा पनि त्यही भयो । तर प्रशासनले नियन्त्रण गर्नुभन्दा पनि मुकदर्शक बन्यो ।’ पार्टी नेताहरुमाथि ढुंगामुढा गर्नेमा सत्तारुढ माओवादी केन्द्रका कार्यकर्ता नै संलग्नु हुनुले आफूहरुलाई गम्भीर बनाएको उहाँले बताउनु भयो।
वाञ्छित गतिविधिको प्रधानमन्त्री स्वयं संरक्षक बनेको भन्दै एमाले उपमहासचिव रिमालले भन्नु भयो, ‘कसरी आतंक सिर्जना गर्न सकिन्छ रु कसरी अस्थिरता सिर्जना गर्न सकिन्छ भनेर गर्न खोजिएको रिहर्सल जस्तो हामीले मानिरहेका छौं ।’ समयमै सचेततापूर्वक नसोच्ने हो भने कसैले कसैलाई नियन्त्रण गर्न नसक्ने, जसले जे गरेपनि हुनेजस्तो अवस्था आउनसक्ने उहाँले बताउनु भयो ।
एमाले सचिव योगेश भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताउनु भयो ।कोशी प्रदेश नामाकरणको बिरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भए पनि माओवादी केन्द्रका संगठनहरुले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक भएको उहाँले बताउनु भयो । भट्टराईले भन्नुभयो ,’अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा यो सम्भव छैन ।’
Comments
अरु समाचार
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...












