अमेरिकासँगको तनावपूर्ण सम्बन्ध सुधार्ने प्रयासमा पाकिस्तान
इस्लामावाद। आर्थिक संकट सामना गरिरहेको पाकिस्तानले संयुक्त राज्य अमेरिकालाई सैन्य वित्तपोषण र बिक्री पुनर्स्थापना गर्न आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस किसिमको वित्त पोषण कार्यक्रम स्थगित गरेको थियो। अमेरिकाका लागि पाकिस्तानका राजदूत मसूद खानले बिहीबार वाशिङ्गटनमा आयोजित सेमिनारलाई सम्बोधन गर्दै अमेरिकाले पाकिस्तानको लागि यस अघि अघिल्लो प्रशासनले निलम्बन गरेको विदेशी सैन्य वित्तिय पोषण र विदेशी सैन्य सामग्री बिक्री पुनर्स्थापित गर्नु महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएयता अमेरिका–पाकिस्तान सम्बन्ध लामो समयदेखि अनिश्चिततामा फसेको छ । अहिले अमेरिका र चीनबीचको द्वन्द्वका कारण पाकिस्तानको अमेरिकासँगको सम्बन्ध चिसिएको छ । दक्षिण र मध्य एसियाका लागि अमेरिकी प्रमुख उप-सहायक विदेशमन्त्री एलिजाबेथ होर्स्टले सङ्कटग्रस्त पाकिस्तानी अर्थतन्त्रको पुनर्निर्माणमा मद्दत गर्ने आवश्यकतामा ध्यान केन्द्रित गर्दै इस्लामाबादलाई अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग काम गर्न आग्रह गर्नु भएको डनले उल्लेख गरेको छ ।
पाकिस्तान र आईएमएफले सहमति जनाएका सुधारहरू सजिलो नभएको तर पाकिस्तानले देशलाई आर्थिक सबलताको स्थितिमा फर्काउनका लागि यी कदमहरू चाल्नु आवश्यक रहेको एलिजाबेथ होर्स्टको बुझाइ रहेको छ । यसैबीच वाशिङ्टनले इस्लामाबादलाई आईएमएफसँग सहमति अनुरूपको ‘कडा सुधार’ कार्यक्रम लागू गर्न आग्रह गरेको छ । भर्खरै उच्चस्तरीय कूटनीतिक संलग्नता र बाक्लिदै गएको वार्ता अमेरिकासँगको तनावपूर्ण सम्बन्ध सुधार्ने सन्दर्भमा पाकिस्तानका निम्ति सकारात्मक हुनसक्ने टिप्पणी गरिएको छ ।
विल्सन सेन्टर वाशिङ्गटनमा आयोजित सम्मेलन थुप्रै चुनौतीपूर्ण घटनाक्रमहरूको पृष्ठभूमिमा अमेरिका(पाकिस्तान सम्बन्धलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित थियो। एक प्रश्नको जवाफ दिँदै राजदूत खानले पाकिस्तानले रुसी तेलको लागि पहिलो आग्रह गरेको र अमेरिकी सरकारसँग परामर्श गरेर त्यसो गरेको पनि बताउँनु भएको छ । सो अवसरमा अफगानिस्तानमा स्थायित्व ल्याउन पाकिस्तानले खेल्ने भूमिकाबारे पनि छलफल भएको थियो।
अफगानिस्तानमा भएको आतङ्कवादको बृद्धिप्रति अमेरिका र चीन दुवै चिन्तित रहेको उल्लेख गर्दै उहाँले यस खतरालाई उन्मूलन गर्न मिलेर काम गर्नुपर्ने धारण राख्नु भएको छ । आतङ्कवाद आज पाकिस्तान र अफगानिस्तानका लागि खतरा बनेको छ । यसलाई नियन्त्रण गरिएन भने यसको असर अन्यत्र पनि देखिने उहाँको टिप्पणी छ
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












