आजको राशिफल : आज २०८० साल वैशाख १८ गते सोमवार
काठमाडौं । २०८० साल वैशाख १८ गते सोमवार । आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग छ । लामो समयदेखि भेट नभएका मित्रसँग भेट हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरि हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । पढाई लेखाईमा सफलता हात लाग्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): सानातिना काममा समय व्यतित हुँदा महत्वपुर्ण कामहरु बाँकी रहनेछन् । विवाद तथा प्रतिष्पर्धामा सामेल नहुनु होला । समय मध्ययम रहेको छ । काम गर्दा ख्याल गर्नुहोला । काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछन् । प्रेममा एकअर्कालाई बिश्वास गर्न नसक्दा टाढिनु पर्ने बाध्यता आउन सक्छ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो परिणाम हुने छैन ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : पढाई =लेखाईमा ध्यान जानेछ । शिक्षासँग सम्बन्धित व्यापार व्यवसायमा हात हाले सफलता ह’ने देखिन्छ । छोराछोरीको काममा बाब’आमा संत’ष्ट हुने योग छ । सेयर बजारमा लगानी गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दिन सामान्य छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : समाजसेवामा समय व्यतित हुनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । कसैले आफन्तसँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मायाप्रेममा धोका हुनेछ भने परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ । स्वास्थ्य समस्याले सताउनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): अध्ययनमा मन बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायमा समय खर्चिनेहरुले प्रशस्त नाफा कमाउन सक्नेछन् । बोलीको प्रभाव बढ्ने छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । अरुलाई दिएको आश्वासन पुरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुँदा मान सम्मानमा दाग लाग्न सक्छ । दैनिक खर्च बढेर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरी भरसक लुकाउने प्रयास गर्नुहोला, अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा राम्रो प्रगति गरेर नाम कमाउन सकिनेछ । शिक्षा क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पति तथा सवारीसाधनको प्रयोग तथा परिचालनमार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्बन गर्नुपर्दा मानसिक तनाब बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यवसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : समय मध्ययम रहेकोले कुनै व्यापार व्यवसायमा लगानी गर्न केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमै अवरुद्ध हुन सक्छन् , ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












