बुद्ध अस्थि-धातुको काठमाडौं परिक्रमा, सर्वसाधारणलाई दर्शन खुला
काठमाडौं । स्वयम्भू आनन्दकुटी विहारमा रहेको अस्थि धातुलाई नगर परिक्रमा गराइएको छ । अस्थि धातु बुद्धको अन्त्येष्टिका क्रममा सुरक्षित राखिएको अवशेष हो । श्रीलङ्काले उक्त धातु यस विहारलाई केही वर्ष अगाडि उपहारस्वरुप प्रदान गरेको थियो । प्रत्येक तीन वर्षमा नगर परिक्रमा गराउने प्रचलनअनुसार आज त्यस क्षेत्रमा परिक्रमा गराइएको हो ।
अस्थि धातुलाई शिरमा राखी विहार परिसरबाट निकालेपछि स्वयम्भू परिक्रमा पथ घुमाइनाका साथै सोही विहारस्थित श्रीलङ्काराम चैत्यको पश्चिमपट्टि सर्वसाधारणको दर्शनका लागि आज दिनभर खुला गरिएको छ । विहारका प्रमुख भिक्षु धर्ममूर्तिले श्रीलङ्का सरकारको सहयोगमा नेपाल ल्याइएको अस्थि धातुलाई प्रत्येक वर्ष बुद्ध जयन्तीका दिन प्रदर्शनीमा राखिने भए पनि नगर परिक्रमा भने तीन वर्षमा एकपटक गराइने बताउनुभयो । विहारले विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै विशेष पूजा पनि गरेको थियो ।
पूजामा सहभागी धर्मगुहरुले बौद्ध साहित्यका पवित्र धर्मग्रन्थको विधिपूर्वक पाठ गर्नाका साथै रुस र युक्रेनबीच भइरहेको युद्वमा ज्यान गुमाएका व्यक्तिको मोक्षको कामना गर्नुभएको थियो । कलहले अन्तर्राष्ट्रिय समुदायमा शक्तिको ध्रुवीकरणका साथै मानव समुदायमा अशान्ति फैलिएको अहिलेको अवस्थामा बौद्ध दर्शन र साहित्यको प्रवर्द्धनबाट हिंसा न्यूनीकरण हुने भिक्षु धर्ममूर्तिले विश्वास व्यक्त गर्नुभयो ।
विश्व शान्ति तथा सम्पूर्ण प्राणीको कल्याणका लागि बौद्ध दर्शन, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले बौद्ध साहित्यका माध्यमबाट विश्व शान्ति, सदभाव र भ्रातृत्वको शिक्षा संसारमा फैलाउन सकिने विचार व्यक्त गर्नुभयो ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











