बुद्ध अस्थि-धातुको काठमाडौं परिक्रमा, सर्वसाधारणलाई दर्शन खुला
काठमाडौं । स्वयम्भू आनन्दकुटी विहारमा रहेको अस्थि धातुलाई नगर परिक्रमा गराइएको छ । अस्थि धातु बुद्धको अन्त्येष्टिका क्रममा सुरक्षित राखिएको अवशेष हो । श्रीलङ्काले उक्त धातु यस विहारलाई केही वर्ष अगाडि उपहारस्वरुप प्रदान गरेको थियो । प्रत्येक तीन वर्षमा नगर परिक्रमा गराउने प्रचलनअनुसार आज त्यस क्षेत्रमा परिक्रमा गराइएको हो ।
अस्थि धातुलाई शिरमा राखी विहार परिसरबाट निकालेपछि स्वयम्भू परिक्रमा पथ घुमाइनाका साथै सोही विहारस्थित श्रीलङ्काराम चैत्यको पश्चिमपट्टि सर्वसाधारणको दर्शनका लागि आज दिनभर खुला गरिएको छ । विहारका प्रमुख भिक्षु धर्ममूर्तिले श्रीलङ्का सरकारको सहयोगमा नेपाल ल्याइएको अस्थि धातुलाई प्रत्येक वर्ष बुद्ध जयन्तीका दिन प्रदर्शनीमा राखिने भए पनि नगर परिक्रमा भने तीन वर्षमा एकपटक गराइने बताउनुभयो । विहारले विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै विशेष पूजा पनि गरेको थियो ।
पूजामा सहभागी धर्मगुहरुले बौद्ध साहित्यका पवित्र धर्मग्रन्थको विधिपूर्वक पाठ गर्नाका साथै रुस र युक्रेनबीच भइरहेको युद्वमा ज्यान गुमाएका व्यक्तिको मोक्षको कामना गर्नुभएको थियो । कलहले अन्तर्राष्ट्रिय समुदायमा शक्तिको ध्रुवीकरणका साथै मानव समुदायमा अशान्ति फैलिएको अहिलेको अवस्थामा बौद्ध दर्शन र साहित्यको प्रवर्द्धनबाट हिंसा न्यूनीकरण हुने भिक्षु धर्ममूर्तिले विश्वास व्यक्त गर्नुभयो ।
विश्व शान्ति तथा सम्पूर्ण प्राणीको कल्याणका लागि बौद्ध दर्शन, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले बौद्ध साहित्यका माध्यमबाट विश्व शान्ति, सदभाव र भ्रातृत्वको शिक्षा संसारमा फैलाउन सकिने विचार व्यक्त गर्नुभयो ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












