ताजा समाचार

एमाले अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा नेताहरु विवादमा पर्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ । पछिल्लो समय नक्कली भुटानी शरणार्थीको प्रकरण बढ्दै गएसँगै दुई नेताबीच भेटवार्ता बाक्लिनँ थालेको जनाइएको छ । ओली तीन दिनमा दोस्रोपटक प्रधानमन्त्री भेट्न सिंहदारबार पुग्नु भएको हो ।

शरणार्थी प्रकणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि ओलीले प्रधानमन्त्रीसँग छलफल अगाडि बढाउनु भएको हो । दुई दिनअघि भएको भेटमा आृलीले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org