पत्रकारिता दिवस:’चुनौतीको सामना गर्न मिडियाले विषयवस्तुमा सुधार ल्याउनुपर्छ’
काठमाडौं । आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आज आइतवारको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।
गोरखापत्र प्रकाशनको प्रारम्भसँगसँगै सुरुआत भएको नेपाली पत्रकारिता अहिले आधुनिक प्रविधिका साथ अगाडि लम्किएको छ । समाचार, विचार, सूचनाका लागि एक हप्ता पर्खिनुपर्ने नेपाली पत्रकारिता अहिले छिनछिनमै नागरिकलाई सूचनाको प्यास मेटाउन सफल भएको छ । आमसञ्चारमाध्यमको सङ्ख्यामा त्यतिकै वृद्धि भएको छ ।
सूचना तथा प्रसारण विभागको पछिल्लो तथ्याङ्क हेर्ने हो भने सात हजार नौ सय ११ वटा ९दैनिक, साप्ताहिक, अर्ध साप्ताहिक, मासिक र पाक्षिकलगायत पत्रपत्रिका दर्ता भएका छन् भने एक हजार एक सय ८० वटा एफएम रेडियोले इजाजत लिएका छन् । सात सय सातवटा एफएम रेडियो नियमित प्रसारणमा छन् ।
त्यसैगरी, दुई सय ४० वटा टेलिभिजन इजाजत प्राप्त छन् र ८६ नियमित प्रसारणमा छन् । हालसम्म तीन हजार सात सय ८६ वटा अनलाइन दर्ता तथा नवीकरण भएका छन् । पत्रकारिता क्षेत्रको सङ्ख्यामा वृद्धि हुँदै गर्दा यसको गुणस्तरमा भने प्रश्नहरु उब्जिएका छन् ।
त्रिभुवन विश्वविद्यालय, पत्रकारिता विभागका विभागीय प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले नेपाली पत्रकारिता पछिल्ला वर्षमा डिजिटल प्रविधिमा केन्द्रित भएको बताउँदै विषयवस्तु, विचार, आचारसंहिता, नीति\नियम, ऐन\कानुन र समग्र पत्रकारिताको धर्मलाई सम्मान गर्र्दै नेपाली पत्रकारिता जगत्ले डिजिटल प्रविधिलाई अनुसरण गर्नुपर्ने आश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नेपाली पत्रकारिता व्यक्ति केन्द्रित भएको छ, खास हुनुपर्ने समाज केन्द्रित हो, पत्रकारिता खोजमा आधारित हुनुपर्छ, त्यसका लागि दक्षता र सीपलाई सुधार गर्न आवश्यक छ ।’
पछिल्लो समयमा सूचना, सञ्चार प्रविधिको विकासले पत्रकारितामा झन्झन् नयाँ स्वरुपहरु विकास हुँदै गएका छन् । विकसित नागरिक पत्रकारिताको अभ्यासले पत्रकारिताको स्वरुपमा परिवर्तन आएको छ । अहिले आम पाठक र श्रोताले आमसञ्चारमाध्यमलाई सामाजिक सञ्जालमार्फत नियालिरहेका छन् । पहिला मिडियाले नागरिकलाई शङ्का गरेको पाइन्थ्यो भने अहिले नागरिकहरु मिडियाप्रति नै शङ्कालु बन्दै गएको पनि पाइन्छ । संविधान, ऐन/कानुनले पनि पत्रकारिताको स्वरुपमा परिवर्तन ल्याएको छ ।
प्राध्यापक डा. कुन्दन अर्यालले पत्रकारिता क्षेत्रलाई अझै विश्वसनीय र परिपक्व बनाउनका लागि पत्रकार स्वयम् जिम्मेवार र मर्यादित हुनुपर्ने र पत्रकारिता क्षेत्रले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाली पत्रकारिता क्षेत्रलाई संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिए पनि संविधान पत्रकारितामैत्री कानुन भन्दैन कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । डा अर्यालले भन्नुभयो,’अहिले न्यू मिडियाको विकास भएको छ, यसले आम मानिसलाई अल्मलाउने काम गरिरहेको छ, यस्तो अवस्थामा पत्रकारिता क्षेत्रले आफूलाई अझै विश्वसनीय बनाउन जरुरी छ र आमपाठक र श्रोता पनि सचेत हुन जरुरी छ ।’
मुलुकले संविधानसभामार्फत निर्मित संविधानका आधारमा सङ्घीयताको अभ्यास थालेको पनि ८ वर्ष भइसकेको छ । तर, यतिका अवधि भइसक्दा पनि नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानुनहरू निर्माण हुन सकेको छैन । आमसञ्चार नीति २०७३ को कार्यान्वयनका लागि कानुनको अभाव भएको छ ।
उपप्रध्यापक ऋषिकेश दाहालले आर्थिक अवस्था, सोसल मिडियाको प्रभाव, राजनीतिक हस्तक्षेप र मिडिया आफ्नै कारणले पत्रकारिता क्षेत्र पछिल्लो समयमा कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले नेपालको बजारले थेग्न नसक्ने मिडिया खुलेका छन्, तर त्यसले दिने गुणस्तरियता घट्दै गएको छ, अर्को मिडिया आफैँ जिम्मेवार परिपक्व नहुँदा सामाजिक मिडियाबाट पत्रकारिता क्षेत्र खराब हो भन्ने परिरहेको छ, र आम मिडियाले पनि जनताका वास्तविक सवाललाई सम्प्रेषण गर्नुको सट्टा छोड्दै गएको देखिन्छ ।’ नेपाली पत्रकारिता क्षेत्रले सत्यता, शुद्धता, यथार्थ, तथ्यपूर्ण, सन्तुलन, विश्वसनीयता र इमानदारिता जस्ता पत्रकारिताका सिद्धान्तको पालना गर्नुपर्ने उहाँको भनाइ छ ।
उपप्राध्यापक डा. श्रीराम पौडेलले नेपाली पत्रकारिता क्षेत्रलाई सुधार गर्नका लागि नीतिगत, संस्थात र सञ्चारमाध्यमले प्रस्तुत गर्ने विषयवस्तुमा सुधारको आवश्यकता औँल्याउनुभयो । ‘हाम्रो मिडियामा विषयवस्तु प्रोडक्टमा लगानी नै भएको छैन, त्यसैले मिडियाको सङ्ख्यामा जसरी गुणस्तरी विषयवस्तुमा सुधार हुन सकेको छैन’, उहाँले भन्नुभयो ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












