ताजा समाचार

टोपहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं । नेपाल प्रहरीले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा हानेको छ । मंगलबार दिउँसो खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो ।

नक्कली  भुटानी शरणार्थी बनाएर नेपालीलाइ अमेरिका पठाउने भन्दै भएको ठगीमा अनुसन्धानका लागि भन्दै सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । रायमाझीको घरमा उनको सवारी साधन भेटिएको तर मान्छे नभेटिएको प्रहरीले जनाएको छ ।

यो घटनामा हालसम्म रायमाझीका छोरा सन्दीपसहित, पूर्वगृहसचिव हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org