ताजा समाचार

भुटानी शरणार्थी प्रकरण: निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

काठमाडौं। विद्यार्थीहरूले भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन गर्दै संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेका छन्।

संयुक्त विद्यार्थी संगठनले बिहीबार शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सो प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका छन्। अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै विद्यार्थीको खबरदारी स्वरूप प्रदर्शन गरेका हुन्।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्तरुपमा रत्नराज्य क्याम्पसमा प्रदर्शन गर्दै कोही पनि भ्रष्टाचारीलाई उम्किन दिन नहुने बताए ।अनेरास्ववियूकी महासचिव आरती लामाले अहिले सरकारले चलाएको अभियान नरोकियोस भनेर प्रदर्शन गरिएको बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org