ताजा समाचार

एमाले बैठकमा पेस भएका प्रतिवेदनमाथि छलफल गर्न आठ समूह बनाइने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा पेश भएका प्रतिवेदनमाथि छलफल गर्न आठ समूह बनाइने भएको छ । शुक्रबारको बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा बाँकी प्रदेशको पेश भएपछि समूहमा छलफल हुने प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताउनु भयो ।

अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनसहित बैठकमा प्रस्तुत अन्य रिपोर्टमा समूहगत छलफल हुने उहाँको भनाइ छ । विहीवार मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले र कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गर्नु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org