भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याइ कारवाही गर्न माग
काठमाडौं । नागरिक अगुवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । शनिवार काठमाडौँको माइतीघर मण्डलामा भ्रष्टाचारीहरूलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचार विरोधी विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत दिएका थिए ।
विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणबारे संसद्मा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रूपमा सदन र सडकमा उभिएको बताए । उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताए ।
विरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरू जन्मिरहेको बताए । उनले क्षणिक समयको स्वार्थमा अहिलेका नेताहरूले काम गरिरहेको बताए । उनले देश अप्ठ्यारोमा पर्दा विदेश भाग जाने पक्षमा रहेको बताए । उनले अहिलेको नेताहरू भगौडे रहेको र सबै उद्योग धन्दाहरू बेचेर खाइसकेकाले भ्रष्टाचारीलाई छोड्नु नहुने बताए ।
त्यस्तै प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताए । उनले जनतालाई आँखामा छारो हालिरहेको बताए । त्यस्तै प्रदर्शनमा सहभागी भावना राउतले जनताले देशको सुरक्षा गर्नका लागि पठाएका मानिसहरू भ्रष्टाचारी बनिरहेकाले सबै नागरिकले आवाज उठाउनुपर्ने बताए । प्रदर्शनकारीहरूले जनता मूर्ख छन् भनेर अहिले पनि नेताहरूले ठगिरहेको बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












