चीन विश्वमै सबैभन्दा धेरै कार निर्यात गर्ने मुलुक बन्यो
काठमाडौं। उत्तरी छिमेकी चीन कार निर्यात गर्ने पहिलो मुलुक बनेको छ ।चीन जापानलाई उछिन्दै कार निर्यात गर्ने पहिलो मुलुक बनेको हो । सार्वजनिक एक तथ्याङ्कअनुसार जापान भन्दा झन्डै १ लाख बढी कार निर्यात गरेर चीन पहिलो मुलुक बनेको हो ।
एक आर्थिक रिपोटअनुसार यस वर्षको पहिलो त्रैमासिकमा १० लाख ७ हजार कार निर्यात गरेर चीनले यो रेकर्ड बनाएको छ । यसै आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार १ सय ८५ कार मात्र निर्यात गरे पछि जापान भने दोस्रो स्थानमा झर्न पुगेको छ ।
चीनले पहिलो त्रैमासिकमा गरेको यो पछिल्लो कार निर्यातको तथ्याङ्क गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो । विद्युतीय कारले क्रमशः लोकप्रियता बढाउँदै लगेको र यसैबीचमा रुसमा कारको माग बढेसँगै चीनको निर्यात बढ्न पुगेको जनाइएको छ ।
गत वर्ष मात्र चीनले युरोपियन मुलुक जर्मनीलाई उछिन्दै कार निर्यातमा गर्ने विश्वको दोस्रो मुलुक बन्न सफल भएको थियो । बीबीसीका अनुसार चीनले सन् २०२२ मा ३२ लाख गाडी निर्यात गरेर जर्मनीलाई तेस्रो स्थानमा झारेर दोस्रो स्थानमा उक्लन सफल भएको थियो ।
जर्मनीले सो आर्थिक वर्षमा २६ लाख मात्र गाडी निर्यात गरे पछि तेस्रो स्थानमा झरेको हो । सन् २०२२ को पहिलो ३ महिनाको तुलनामा चीनले ५८ प्रतिशत बढी कार निर्यात गरेको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












