जेलबाट छुटे लगत्तै प्रधानमन्त्रीलाई भेटेर धन्यवाद दिए रेशम चौधरीले
काठमाडौँ।नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेलबाट रिहा भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्।
सोमबार जेलबाट रिहा भएलगत्तै उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
चौधरी निकट स्रोतका अनुसार भेटमा प्रधानमन्त्री र चौधरीबीच गणतन्त्र दिवसको शुभकामना आदान-प्रदान भएको थियो।
स्रोतले भन्यो, ‘जेलबाट रिहा भएपछि गृहजिल्ला कैलाली जानुअघि चौधरी केही नेतासहित प्रधानमन्त्रीलाई भेट्न जानुभएको हो। भेटमा गणतन्त्र दिवसको धन्यवाद र शुभकामना आदान-प्रदान भयो।’
जेलबाट रिहा भएपछि कैलाली जान हिँडेका चाैधरी माइतीघर मण्डलामा आफ्ना समर्थकलाई सम्बोधन नगरी विमानस्थल हिडेका थिए। तर उनी विमानस्थलबाट बालुवाटार नपुग्दै श्रीमतीसमेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीको गाडीमा प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्रीसँगको भेटपछि चौधरी कैलाली पुगेका छन्। साथमा श्रीमती रन्जिता श्रेष्ठ, पार्टीका अन्य नेता कार्यकर्ता र शुभेच्छुक पनि छन्।
यसअघि जेलबाट रिहा भएसँगै सोमबार बिहानै रेशम पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका थिए। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशमले आममाफी पाएका हुन्।
टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भई रेशमले जेल जीवन बिताइरहेका थिए। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले ५०१ जना सजायमा माफी मिनाहा दिएका छन्।
Comments
अरु समाचार
-
काठमाडौं आईपुगे सोनु निगम
काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम...
-
पोखरामा ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने
काठमाडौं । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही पुस ११ गतेदेखि २१ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’...
-
इरानले हटायो ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध
काठमाडौं । इरानी अधिकारीहरूले आधिकारिक रूपमा व्हाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण...
-
‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने...
-
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ४६ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई...
-
चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं । प्रहरीले ललितपुर महानगरपालिका-९ च्यासलस्थित टाउन हब क्याफेमा आउने ग्राहकलाई चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा डडेलधुरा परशुराम नगरपालिका-११...
-
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरेकि छन्...
-
सीमाविद् श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदा
काठमाडौं । बेलायतको डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड-२०२४’ प्रदान...
-
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
काठमाडौं । रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले गाउँमा...