मन्त्रिपरिषद् बैठक बस्दै: बजेट र भारत भ्रमणका एजेण्डा टुंग्याउने
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न मन्त्रिपरिषद् आज दिउँसो बस्ने भएको छ ।
सिंहदरबार बस्ने मन्त्रिपरिषद्को बैठकले पास गरेपछि संघीय संसद्मा अर्थमन्त्री प्रकाशशरण महतले आज दिउँसो ४ बजे पेश गर्ने छन् ।
यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा नेपालको तर्फबाट समावेश गर्ने एजेन्डा र प्रतिनिधि मण्डलको विषय पनि टुंगो लगाउने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
‘भ्रमणमा को–को जाने ? प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा को–को रहने भन्ने विषयमा निर्णय भइसकेको छैन । भ्रमणका विषयहरू मन्त्रालयले तयार गरिरहेका छन्। करिब करिब अन्तिम–अन्तिम चरणमा पुगेको छ । खासगरी ऊर्जासँग सम्बन्धित विषयहरु छन् । कैयन् कुराहरू हाम्रा सीमाहरु पनि छन्। सरसफाइसँग सम्बन्धित विषय छन्। विषयबारे निर्णय चाहिँ भइसकेको छैन । भोलिको बैठकबाट अन्तिम टुंगो लगाउँछौं ।’
शर्माले आइतबारको बैठकपश्चात भनेकी थिइन्, ‘जुनजुन क्षेत्र, सम्बन्धित विषयमा त्यहाँ कुराकानी हुन्छ । त्यहाँ सम्झौता हुन्छ । मन्त्री जानुपर्ने ठाउँमा मन्त्री, सचिव जानुपर्ने ठाउँमा सचिव जाने कुरा भएको छ । जानैपर्ने आवश्यकबाहेक अरू जाने कुरा हुँदैन । त्यो को–को पर्ने औपचारिक अझै निर्णय भएको छैन ।’प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् । यस अगाडि शनिबार नेपाल र भारतका मन्त्रालयले विज्ञप्तिमार्फत औपचारिक भ्रमणको जानकारी दिए पनि भ्रमण राजकीय हुने/नहुने उल्लेख गरेको छैन ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












