मन्त्रिपरिषद् बैठक बस्दै: बजेट र भारत भ्रमणका एजेण्डा टुंग्याउने
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट पास गर्न मन्त्रिपरिषद् आज दिउँसो बस्ने भएको छ ।
सिंहदरबार बस्ने मन्त्रिपरिषद्को बैठकले पास गरेपछि संघीय संसद्मा अर्थमन्त्री प्रकाशशरण महतले आज दिउँसो ४ बजे पेश गर्ने छन् ।
यस्तै आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा नेपालको तर्फबाट समावेश गर्ने एजेन्डा र प्रतिनिधि मण्डलको विषय पनि टुंगो लगाउने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
‘भ्रमणमा को–को जाने ? प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा को–को रहने भन्ने विषयमा निर्णय भइसकेको छैन । भ्रमणका विषयहरू मन्त्रालयले तयार गरिरहेका छन्। करिब करिब अन्तिम–अन्तिम चरणमा पुगेको छ । खासगरी ऊर्जासँग सम्बन्धित विषयहरु छन् । कैयन् कुराहरू हाम्रा सीमाहरु पनि छन्। सरसफाइसँग सम्बन्धित विषय छन्। विषयबारे निर्णय चाहिँ भइसकेको छैन । भोलिको बैठकबाट अन्तिम टुंगो लगाउँछौं ।’
शर्माले आइतबारको बैठकपश्चात भनेकी थिइन्, ‘जुनजुन क्षेत्र, सम्बन्धित विषयमा त्यहाँ कुराकानी हुन्छ । त्यहाँ सम्झौता हुन्छ । मन्त्री जानुपर्ने ठाउँमा मन्त्री, सचिव जानुपर्ने ठाउँमा सचिव जाने कुरा भएको छ । जानैपर्ने आवश्यकबाहेक अरू जाने कुरा हुँदैन । त्यो को–को पर्ने औपचारिक अझै निर्णय भएको छैन ।’प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् । यस अगाडि शनिबार नेपाल र भारतका मन्त्रालयले विज्ञप्तिमार्फत औपचारिक भ्रमणको जानकारी दिए पनि भ्रमण राजकीय हुने/नहुने उल्लेख गरेको छैन ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












