सुनकोशी नदीमा गाडी खसेपछि बेपत्ता तीनमध्ये २ जनाको शव फेला
काठमाडौं । सिन्धुलीको गोलोन्जोरस्थित सुनकोशी नदीमा गाडी खसेपछि बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का तीन कर्मचारीमध्ये २ जनाको शव भेटिएको छ । नदीमा खसेको गाडी भेटिएपछि दुई वटा शव पनि फेला परेको हो ।
सिन्धुली प्रहरी प्रमुख राजकुमार सिलवालले शव भेटिए पनि सनाखत हुन बाँकी रहेको बताए । सशस्त्र प्रहरी बल (एपीएफ)को गोताखोर टोलीले बेपत्ताको लगातार खोजी गरिरहेको थियो ।
जेठ १९ गते काठमाडौंबाट खोटाङतर्फ गइरहेको गाडी सुनकोशी नदीमा खसेको थियो । गाडीमा सवार चार जनामध्ये चालक भने पौडेर बाहिर निस्किएका थिए । बेपत्ता हुनेमा सीटीईभीटीका निर्देशकद्वय कृष्ण केसी र यमप्रसाद भुर्तेल तथा प्राविधिक अधिकृत भानु पौडेल थिए ।
Comments
अरु समाचार
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । बामगती प्रदेश सरकारले २०८१ देखि...
-
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगोमा पग्ने प्रयास
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
मन्त्री सीता वादी र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच भेटघाट
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका...
-
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ ।...
-
कीर्तिपुरमा युवकको हत्या
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१०, बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज (बुधबार) एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी...












