नक्कली शरणार्थी प्रकरणः सरकारी वकिल पक्षको बहस सकियो, भोलिबाट प्रतिवादीका तर्फबाट बहस
काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगी प्रकरणमा दायर भएको मुद्दामा सरकारी वकिल कार्यालयले आफ्नो बहस सकाएको छ।
पीडित तथा वादीको तर्फबाट आइतबारदेखि बहस गरेका सरकारी वकिलहरुले मंगलबारको खाजा ब्रेकअघि बहस सकाएका हुन्।
आइतबार सरकारी वकिलका तर्फबाट महेश खत्रीले बहस गरेका थिए। त्यसपछि सोमबार र मंगलबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेले लगायतले बहस गरे। मंगलबार खाजा ब्रेकअघि नै सरकारी वकिल पक्षले बहस सकाएको छ।
अब पीडित पक्षका निजी वकिलहरुले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ।
यसअघि न्यायाधीश न्यौपानेले वादीतर्फबाट ३ दिन र प्रतिवादीका तर्फबाट ६ बहसका लागि ६ दिनको समय छुट्याएका थिए। थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपानेको इजलासले धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ।
अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्नेछ। जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेमा उनीहरु त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च जान पाउने छन्। माथिल्लो अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याउन सक्छ।
यसअघि पक्राउ परेका अभियुक्तहरुको एक साता लगाएर न्यायाधीश न्यौपानेले बयान गराएका थिए। पक्राउ परेकाहरु अधिकांशले आफूमाथिको आरोप भने अस्वीकार गर्दै आएका छन्। यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री समेत रहेका कांग्रेसका नेता बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्वसांसद तथा कांग्रेसका नेता आङटावा शेर्पा पक्राउ परेका छन्।
त्यसैगरी हज समितिका अध्यक्ष शमशेर मियाँ, बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, टोपबहादुर रायमाझीका छोरा सन्दीप, अर्का बिचौलिया सन्देश शर्मा, पूर्ववडाध्यक्ष सागर राई, बिचौलिया टंक गुरुङ, रामशरण केसी, बालकृष्ण खाणका पीए नरेन्द्र केसी, बिचौलिया गोविन्द चौधरी, लक्ष्मी महर्जन, हरिभक्त प्रधान गरी १८ जना अहिले हिरासतमा छन्।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











