‘योग्य र जुझारू नेताहरूलाई अगाडि बढाउनेबारे प्रतिबद्ध छु’
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुझारू र युवा नेतालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले शनिवार आयोजना गरेक सम्मेलनमा बोल्दै सभापति देउवाले योग्य र जुझारू नेताहरूलाई अगाडि बढाउने बारे आफू प्रतिबद्ध रहेको बताउँदै कांग्रेस एकजुट हुनुपर्ने बताएका हुन्।
उनले कांग्रेस जति सुदृढ हुन्छ त्यति नै प्रजातन्त्र बलियो हुने बताउँदै प्रजातन्त्रमा फेरि संकट आउन नदिन कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताए। ‘कांग्रेस जति बलियो र सक्षम हुन्छ। त्यति नै प्रजातन्त्र सुदृढ हुन्छ र फेरि संकट आउँदैन,’ उनले भने, ‘त्यसका निम्ति जिल्लाबाट सुरू भएको यो आन्दोलनले देशभरीनै संगठनलाई बलियो बनाउने र पार्टीलाई बलियो पार्छ।’
यसरी सबै जिल्लाका गाउँगाउँ र घरघरमा पार्टीको उपस्थिती हुनुपर्ने सभापति देउवाको भनाइ छ। यसो गरियो भने देशभर पार्टीको संगठन बलियो हुने उनले बताए। उनले गठबन्धनकै कारण कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको पनि दाबी गरे।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












