आजको राशिफल : २०८० साल जेठ २९ गते सोमवार
मेष : भैपरी आउने समस्यामा समय बित्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। उठेको रकम खर्च हुनेछ। प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ।
वृष: पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा पनि मनग्य लाभ हुनेछ। योजनाअनुसार सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
मिथुन : आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। समस्या सुल्झाउँदै अघि बढ्नुपर्ने समय छ। साथीभाइ टाढिनेछन्। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ।
कर्कट: दिउँसोदेखि आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। बाध्यात्मक परिस्थितिले काम रोकिनेछ।अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ।
सिंह :समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्। स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। खानपान एवं मनोरञ्जनमा रमाउने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा मनग्य आम्दानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला ।
कन्या : विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार पनि प्राप्त हुने समय छ। स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुनेछ। मध्याह्नदेखि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।
तुला : प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ। स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
वृश्चिक: परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। श्रम परे पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला।
धनु : सहयोगी र आफन्तहरू अलि टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।स्रोतसाधन जुट्नेछन् भने कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। तर जिम्मेवारी बढे पनि दिउँसोदेखि काम बिग्रने भयले सताउन सक्छ।
मकर: साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। नाम, दाम र इनाम प्राप्त हुने समय छ। अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ।
कुम्भ: हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। धेरै बोल्दा समस्या आउन सक्छ।लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द पनि प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ।
मीन : दिउँसोदेखि साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ।अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












