अक्सफोर्ड र क्याम्ब्रिजलाई पछि पारे चिनियाँ विश्वविद्यालयले
काठमाडौं । चीनबाहिर थोरै चर्चामा रहेका विश्वविद्यालयले पश्चिममा ख्यातिप्राप्त विश्वविद्यालयलाई पछाडि पारेका छन् ।
नेचर जर्नलमा प्रकाशित सूचकांकका अनुसार उच्च गुणस्तरको वैज्ञानिक अनुसन्धानमा चिनियाँ विश्वविद्यालयले अक्सफोर्ड, क्याम्ब्रिज, प्रिन्सटन र क्यालटेकजस्तालाई पछि पारेको हो ।
एकेडेमिक जर्नल नेचरको नयाँ अद्यावधिक सूचीमा शीर्ष १० मध्ये सात चिनियाँ विश्वविद्यालय छन् ।
सन् २०२२ फेब्रुअरी १ देखि सन् २०२३ जनवरी ३१ सम्म प्रकाशित ‘उच्च गुणस्तरका अनुसन्धान लेख र सहकार्यका आधारमा’ सूचकांक तय गरिएको नेचर जर्नलमा उल्लेख छ । सूचकांकको प्रक्रिया सरल र पारदर्शी रहेको जर्नलको जिकिर छ ।
सूचीको पहिलो नम्बरमा चाइनिज एकेडेमी अफ साइन्सेज (सीएएस), दोस्रोमा हार्वर्ड विश्वविद्यालय, तेस्रोमा जर्मनीको म्याक्स प्लांक सोसाइटी, फ्रान्सेली नेसनल सेन्टर फर साइन्टिफिक रिसर्च चौथो र पाँचौँमा चीनको विज्ञान र प्रविधि विश्वविद्यालय (यूएसटीसी) छ ।
छैटौँ नम्बरमा चिनियाँ विज्ञान एकेडेमी विश्वविद्यालय (यूसीएएस), सातौँमा चीनकै नान्जिङ विश्वविद्यालय (एनजेयू), आठौँमा पनि चीनकै पेकिङ विश्वविद्यालय (पीकेयू), नवौँ नम्बरमा समेत चीनकै सिङ्गुआ विश्वविद्यालय छ । दशौँ नम्बरमा अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय छ ।
बेलायतको अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालय क्रमशः १६औँ र १९औँ नम्बरमा छन् ।
चिनियाँ अनुसन्धानको स्तर बढ्नुमा विज्ञहरू स्वदेश फर्किनु र चीनकै संस्थानमा आबद्ध हुनुजस्ता कारण रहेको जनाइएको छ ।
चिनियाँ विश्वविद्यालयको अनुसन्धानको स्तर उल्लेखनीय रूपमा बढेको त्यहाँकै सियामेन विश्वविद्यालयका प्रोफेसर पेङ ली बताउँछन् ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











