समाजवादी माेर्चाबारे प्रचण्ड–बाबुरामबीच नयाँ समझदारी
काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष बाबुराम भट्टराईबीच समाजवादी माेर्चाबारे नयाँ समझदारी बनेकाे छ ।
नेसपालाई नयाँ बन्न लागेकाे समाजवादी माेर्चामा सहभागी नगराइने चर्चाले राजनीतिक बजार तातेका बेला दुई नेताबीच पछिल्लाे समझदारी बनेकाे हाे ।
भट्टराईले प्रधानमन्त्री प्रचण्ड र आफूबीच समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी बनेकाे जानकारी दिएका छन् ।
‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजान बृहत समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी’, बाबुरामले प्रचण्डसँगकाे भेटपछि ट्वीट गरेका छन् ।
उनले नेसपा समाजवादी माेर्चामा नरहने चर्चाबारे भनेका छन्, ‘बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह ।’ भेटमा प्रधानमन्त्रीकाे भारत भ्रमण, संघीय बजेट, शान्ति प्रकियाका बाँकी कार्याभारलगायतका विषयमा पनि कुराकानी भएकाे भट्टराईले जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
काठमाडौं । भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ । यो यति विशाल...
-
जलवायु परिवर्तनका चुनौती समाधानमा सबै जुट्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने...
-
चितवन राष्ट्रिय निकुञ्जमा हवाई फायर गरी खाग तस्कर पक्राउ
काठमाडौं । हवाई फायर गरेर मकवानपुरबाट गैँडाको खाग तस्करलाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जकाख सेनाको टोलीले ५ राउन्ड...
-
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
काठमाडौं । ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने भएको छ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्यूट...
-
सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु
काठमाडौं । सिरियाको एक युद्ध पर्यवेक्षकले बुधबार टार्टस प्रान्तमा सुरक्षा बलले अपदस्थ नेता बशर अल–असदको नेतृत्वमा एक अधिकारीलाई पक्राउ गर्न...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ...
-
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
काठमाडौं । संखुवासभा जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि...
-
फागुन १५ मा स्ववियु निर्वाचन, त्रिविले थाल्यो तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु परिषद्को बैठकले फागुन १५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ। त्रिविका...
-
त्रिविको ५० औँ दीक्षान्त समारोहमा १४ हजार ३ सय विद्यार्थी सहभागी हुने
काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा १४ हजार ३०० विद्यार्थी सहभागी हुने...