बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री संखुवासभा जादैँ
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न संखुवासभा जाने भएका छन्।
प्रधानमन्त्री प्रचण्ड केहीबेर संखुवासभा जान लागेको बताइएको छ। प्रधानमन्त्रीसँगै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि संखु्वासभा जान लागेका छन्।
शनिबार राती आएको अविरल वर्षाका कारण संखुवासभाको हेँवा खोलामा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका छन् ।
बाढीले चैनपुर–४ दोभनेमा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोपावरमा क्षति पुग्नुका साथै त्यहाँ काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका हुन्। सम्पर्क विहीनहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाँचखपन नगरपालिका ५ स्थित हेँवा खोला किनारमा एक शव भटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका जनाएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा शवको भेटिए पनि शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकाको बीचमा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो।
बाढी खोला किनारमा रहेको ७ भन्दा बढी घर बगाएको स्थानीले जनाएका छन् ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ७ घर बगाएको छ । हेंवा र पिलुवा खोलामा आएको बाढीका कारण भएको क्षतिको थप विवरण आउँन बाँकी छ ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












