उपप्राध्यापक चलाउनेका लागि न्याय माग्नेहरू प्रहरीको नियन्त्रणमा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक प्रेम चलाउनेका लागि न्याय माग्दै प्रदर्शन गर्नेहरूलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएकाे छ।
न्याय माग्दै आज काठमाडौँ जिल्ला अदालत अगाडि प्रदर्शन गरिरहेको नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्वियूका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
बृहत नागरिक आन्दोलनले अदालत अगाडि प्रदर्शन गरेपछि अनेरास्वियूले नाराबाजी गरेकाे थियाे। साेही कारण उनीहरूलाई नियन्त्रणमा लिइएकाे हाे।
त्रिवि समाजशास्त्र विभागका उप-प्राध्यापक चलाउनेमाथि २०७७ साल असाेज २० गते नेविसंघका कार्यकर्ताले कुटपिट गरेका थिए।
आफूमाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेकोमा सरकारले सो मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनले सोमबारदेखि अनसन सुरू गरेका छन्।
उपप्राध्यापक चलाउनेमाथि त्रिवि नेविसंघ क्याम्पस इकाइका तत्कालीन अध्यक्ष हरि आचार्य र कार्यकर्ता योगेन्द्र रावलसहित रविन लामा, सयुज श्रेष्ठ तथा निरज रानामगर लगायतको समूहले आक्रमण गरेको थियो।
आक्रमणमा संलग्न भएकाहरूमाथि ज्यान मार्ने उद्योगको मुद्दा अदालतमा विचाराधीन थियो। मुद्दाको अन्तिम पेसी यही असार ५ गतेलाई तोकिएको थियो।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











