सरकारी जग्गा हडप्ने गिरी पत्रकारमाथि अभद्र व्यवहार गरेपछि पक्राउ
काठमाडौं । अनामनगरको सरकारी जग्गा हडप्ने हरिप्रसाद गिरी पत्रकार सुनिल सापकोटामाथि अभद्र व्यवहार गरेपछि पक्राउ परेका छन् ।
उनलाई अहिले सिंहदरबार वृत्तमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गिरीले बुधबार बिहान सवा ९ बजेतिर अनामनगरको सामाजिक विकास चोकमा स्वास्थ्य लाइभका सम्पादन सापकोटामाथि उपशब्द र अभद्र व्यवहार गरेका थिए । उनले जग्गाको विषयमा समाचार लेख्ने पत्रकार यही भनी आफ्नो साथमा रहेका मान्छेहरूलाई भौतिक आक्रमण गर्न उक्साएका थिए ।
गिरीले काजि महादेवस्थान गाउँ पञ्चायत वडा नम्बर ५ साबिक धोबीखोला जनिएको कित्ता नम्बर १४३ को ४ आना जग्गा हालसाबिक गरेर आफ्नो नाममा घुसाएका थिए । त्यस्तै धोबीखोला कै १ आना जग्गा हालसाबिक गरेर शान्ता दाहाललाई बेचेका छन् ।
नापी विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले प्रस्ट रुपमा उक्त कुरा उल्लेख गरेको छ । उक्त जग्गा अहिले सरकारको नाममा फिर्ता आइसकेको छ । समाचार लेखेर सरकारी जग्गा फिर्ता ल्याउन भूमिका खेलेका पत्रकार सापकोटामाथि सरकारी जग्गा हडप्ने गिरी बुधबार बिहान एक्कासी जाइलागेका हुन् । आफूमाथि भौतिक आक्रमणको प्रयास र अभद्र व्यवहार भएपछि उनले प्रहरीमा जाहेरी दिएको बताएका छन् ।
दोषीमाथि अभद्र व्यवहारमा कडाभन्दा कडा कारबाही हुनुपर्ने उनको माग छ । पत्रकार सापकोटालाई अभद्र व्यवहार गर्ने तुल्सी राईलगायत भने प्रहरीको सम्पर्कमा छैनन् ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












