भीआईपी संस्कृतिकै कारण गणतन्त्रप्रति जनतामा वितृष्णा बढ्योः सांसद सिंह
काठमाडाैँ । प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले भीआईपी संस्कृतिक अन्त्य हुनुपर्ने बताएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा भीआईपी संस्कृतिकै कारण गणतन्त्रप्रति जनतामा वितृष्णा बढेको बताउँदै उनले पद सिर्जना गरेर राज्यको सम्पत्ति दोहन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।
अहिले धेरै राजनीतिक पद सिर्जना गरी राज्यको सम्पत्ति दोहन भएको उनको भनाइ थियो।
‘पद क्रेट गरेर महँगो गाडी किन्ने, त्यत्रो गाडीको अगाडि सेना, प्रहरी, सशस्त्र राख्ने भीआईपी कल्चर अन्त्य हुनुपर्यो,’ उनले भने, ‘किनभने यही भीआईपी कल्चरका कारण गणतन्त्रप्रति जनतामा वितृष्णा बढ्दै गइरहेको छ।’
यसैगरी राष्ट्रपति र उपराष्ट्रपतिलाई सेतो हात्तीको रूपमा पालिएको बताएका छन्।
गणतन्त्रमा जनता प्रधान हुनुपर्नेमा राष्ट्रपति र उपराष्ट्रपतिलाई अर्को राजा बनाइएको बताए। जसकारण जनतामा वितृष्णा उत्पन्न भएको उनको भनाइ थियो।
‘चुनावअघिसम्म सामान्य मान्छे, चुनावपछि भीआईपी सुरक्षा दिएर, जनतालाई भेट्नै नदिई अर्को राजा बनाउने गरिएको छ,’ उनले भने, ‘हाम्रो देशमा त्यस्तो सुरक्षा थ्रेट छैन। हजराौँ सुरक्षा खटाइदिने, मूर्ति बनाएर राखिदिने भयो।’अन्य देशमा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्षता ग्रहण गर्ने अभ्यास पनि रहेको बताउँदै उनले संविधान संशोधन गरी उपराष्ट्रपतिलाई राष्ट्रियसभाको जिम्मेवारी दिनुपर्ने पनि उनले बताए।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












